काठमाडौंमा ‘मिस ज्यापू पेजेण्ट’ आयोजना हुँदै

असोज, काठमाडौं।

ज्यापू समुदायका भेशभूषा, संस्कृति तथा सभ्यतालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रर्वदन गर्ने उद्देश्यले नाफा मण्डलले ‘मिस ज्यापू पेजेण्ट’ कार्यक्रम आयोजना गर्ने भएको छ। नाफा मण्डलले  ज्यापू दिवसको अवसर पारेर यही २५ कात्तिकमा ‘मिस ज्यापू पेजेण्ट’ को तेस्रो संस्करण काठमाडौँमा आयोजना गर्न लागेको हो।

ज्यापू समुदायका १७ देखि २४ वर्षसम्मका १९ किशोरीको सहभागिता रहने प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागीले स्वदेशी उत्पादनबाट बनेका हाकु पटासी तथा तानबाट निर्माण गरिएका कपडाको प्रयोग गर्नेछन् । सहभागीलाई काठमाडौँ उपत्यकाका विभिन्न शहरका साथै कीर्तिपुर, मकवानपुरको टिस्टुङलगायत स्थानमा ज्यापू बस्तीको अवलोकन भ्रमण गराइनेछ । उनीहरुलाई नेवारी समुदायको रहनसहन, खानपिनका बारेमा पनि सिकाइनेछ ।

समुदायले परम्परागत रुपमा गर्दै आएको खेती तथा प्रविधिको विकाससँगै आधुनिक खेती प्रणालीमा आएको परिवर्तनबारे पनि सहभागीलाई जानकारी गराइने छ । कार्यक्रममा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्रदान गरिनेछ ।