अशिष्मा नकर्मीको निर्माणमा बन्ने भयो ‘लाखे भाजु’

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>नायिका अशिष्मा नकर्मी अब निर्मात्री बन्ने भएकी छिन्। मंगलवार राजधानीमा एक कार्यक्रमका बीच अशिष्मा प्रस्तुतकर्ता रहेको चलचित्र&nbsp; ‘लाखे भाजु’को&nbsp; घोषणा गरिएको छ। आर्यम नकर्मीको लेखन तथा निर्देशनमा बन्न लागेको&nbsp; यस नेपाल भाषाको&nbsp; चलचित्रमा नायिका अशिष्माको मुख्य भुमिका रहनेछ। चलचित्रमा अशिष्माको साथै सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशी, कृष्णभक्त महर्जन लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।&nbsp;</p><p>करिब ५० लाखको लागतमा निर्माण गर्ने भनिएको यस चलचित्रका का निर्माता नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, चिजकुमार श्रेष्ठ, सुन्दरराज भण्डारी र दीपक श्रेष्ठ हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, मनराजा नकर्मीको संगीत, खड्ग बहादुर तामाङको नृत्य रहनेछ ।</p>