कोरियाको ‘बुसान फिल्म फेस्टिभल’मा ‘गुडबाई काठमाडौं’ को प्रिमियर

असोज, काठमाडौं।

लामो समयदेखि पोस्ट प्रोडक्सनमा रहेको चलचित्र 'गुडबाई काठमाडौं’ अन्ततः प्रदर्शनका लागि तयार भएको छ । निर्माण सुरु भएको करिब ७ वर्षपछि प्रदर्शनका लागि तयार भएको चलचित्रले प्रदर्शनको सुरुवात भने नेपालबाट नभई कोरियाबाट गर्ने भएको छ । यो चलचित्र दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको छ । बुसान फिल्म फेस्टिभलमा छनोट भएको चलचित्र सोही फेस्टिभलका दिवंगत निर्देशकको नाममा स्थापित जिमजिसिओके अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ । सो अवार्डका लागि एसियाबाट ५६ वटा चलचित्र प्रतिस्पर्धामा रहेका छन् । ‘विन्डो अन एसियन सिनेमा’ शीर्षक अन्तर्गत रहेको प्रतिस्पर्धामा भारत, चीन, जापान, थाईल्यान्ड, अफगानिस्तान, फिलिपिन्स लगायतका देशका चलचित्रहरु सहभागी रहेका छन् । प्रतिस्पर्धामा विजेता बन्ने चलचित्रले दस हजार डलर बराबरको पुरस्कार प्राप्त गर्नेछ ।

एक दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्मले फरक फरक सपना बाँचेका तीन युवाको कथामा आधारित रहेको छ । फिल्मले राजनीति द्वन्द्वका कारण युवाहरू कसरी आफ्ना सपना त्यागेर पलायन हुन बाध्य भए भन्ने कुरालाई प्रस्तुत गरेको छ ।

बुसानमा आउँदो शुक्रबार चलचित्रको वल्र्ड प्रिमियर हुँदैछ । निर्देशक नबिन सुब्बा  बिहीबार चलचित्रको वल्र्ड प्रिमियरका लागि कोरिया उड्दैछन् । उनले विश्वका केही प्रतिष्ठित अवार्डमा सहभागिता जनाइसकेपछि मात्र चलचित्रको प्रदर्शन मिति तय गर्ने जानकारी दिएका छन् ।

चलचित्रमा कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्विका सुब्बा, माला लिम्बू आदि कलाकारको अभिनय रहेको छ । राजेश गोङजु र शोभा चन्दको पटकथा रहेको चलचित्रलाई शोभा चन्दले नै सम्पादन गरेकी हुन् । चलचित्रमा सोहम ढकाल र पदम सुब्बाको लगानी रहेको छ ।