लोकसंस्कृतिको जगेर्नाका लागी लोकवार्ता सम्मेलन सुरु, नबलपरासीमा समापन गरिने

असोज, रुपन्देही।

प्राचीन लोकसंस्कृतिको जगेर्नाका लागि भइरहेको लोकवार्ता सम्मेलनका लागि अनुसन्धानकर्ताहरुको बिभिन्न क्षेत्रमा गई छलफल गरेका छन ।बुटवल क्षेत्रका ऐतिहासिक क्षेत्रको अवलोकन गरी छलफलमा सहभागि भएका हुन।

असोज २२ गते लुम्बिनीबाट शुरु भएको लोक संस्कृतिबिद्हरुले अहिलेसम्म ४२ वटा कार्यपत्रमाथि छलफल गरेका छन् । बिभिन्न जातजातिका संस्कृतिको विषयमा तयार भएका अनुसन्धनात्मक विषयहरुमाथि छलफल गरिएको छ ।

लोकवार्ता परिषद नेपालका अध्यक्ष प्रा.डा. प्रेम खत्रीको अध्यक्षतामा बुटवलमा भएको कार्यक्रममा बिभिन्न शिर्षकका कार्यपत्र प्रस्तुत भएका छन् । सो अवसरमा डा. ध्रुबकुमार घिमिरे, पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, गायत्री पराजुली, बिजय सागर, शोभाकान्त गौतम, रामप्रसाद घिमिरे, जनक कुमार शाही, दिल बिक्रम आङवाङदे, संगीता पौडेल, प्रा.डा. राजाराम सुवेदी, विध्येश्वरी जोशी, तुल्सीराम खनाल लगायतले कार्यपत्र पेश गरेका थिए ।सो कार्यक्रममा परिषदका उपाध्यक्ष प्रा.डा.कपिलदेव लामिछानेले कार्यपत्रमाथि बिभिन्न विद्धानहरुले टिप्पणी गरेका थिए ।

साता दिन लामो सम्मेलनको समापन नवलपरासीमा हुने
नेपाली कला र लोकसंस्कृति जर्गेना तथा संरक्षणका लागि नेपाल लोकवार्ताको राष्ट्रिय सम्मेलन गरिएको हो । सम्मेलनले कलासंस्कृति, पर्यटन, सिप, सिर्जना, लगायत नेपाली समुदायमा रहेको कला तथा लोकसंस्कृतिहरुको पहिचानमा टेवा पु¥याउने आयोजकको विश्वास छ ।
परम्परागत रुपमा चलिआएका यावत् विषयहरु लोकगीत, लोकगाथा, उखान, टुक्का, कथा, लोकसाहित्य, तथा परम्परागत लोक उपचार, कृषिप्रविधि, वास्तुकला, नृत्य, चित्रकला, आभूषण परिधान, संगीत, इतिहास, पुरातत्व जस्ता विषयमा केन्द्रित भई सङ्गोष्ठी हुने परिषद्का उपाध्यक्ष प्रा. डा. लामिछानेले बताए ।
कपिलवस्तुको तौलिहवा, रुपन्देहीको लुम्बिनी र वुटवल तथा नवलपरासीको त्रिवेणीधाममा हुने लोकवार्ता सम्बन्धी सङगोष्ठीमा देशभरिबाट ६० जना सम्बद्ध, प्राध्यापक, विद्वान, विज्ञ, अनुसंधानकर्ता, प्राज्ञ, प्रा.डा., साहित्यकार तथा लोकवार्ताका संवाहकहरुको सहभागिता छ ।
यस क्षेत्रका तिलौराकोट, कुदान, गोटिहवा, निग्लिहवा, अरौराकोट, सगरहवा, जगदीशपुरताल, लुम्बिनी, सिद्धबाबा, रामापिथेकस, जितगढीदेवदह, मणिमुकुन्द पार्क, रामग्राम, वालमीकि आश्रम, त्रिवेणी लगायतका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक स्थलहरुको निरीक्षण अवलोकन हुनुका साथै उल्लेख्य योगदान पु¥याउने लोकवार्ताका संवाहकहरुलाई सम्मान पनि गरिएको छ ।