अक्षय कुमारको ‘२.०’ मा एमीको यस्तो लुक्स

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>४ सय करोडको लगानीमा बनेको फिल्म २.० बहुप्रतिक्षित बलिवुडको फिल्म मध्येको एक हो । यस फिल्ममा अक्षय कुमार, एमी ज्याक्शन मुख्य भूमिकामा छन् । केही समय २.० मा अक्षय कुमारको लुक्स सार्वजनिक भएको थियो । सिनेमामा भिलेनको भूमिकामा रहेका अक्षयको&nbsp; भिलेन लुक्स निकै बबाल देखिएको थियो ।&nbsp; अक्षयको लुक्सलाई धेरैले तारिफ गरेका थिए ।अक्षय पछि फिल्मकी मुख्य अभिनेत्री एमी ज्याक्सनको लुक्स पनि बाहिरिएको छ । एमी ज्याक्सन भएको यस पोस्टरमा यो संसार मानिसको लागि मात्रै नभएको उल्लेख गरिएको छ ।</p><p>सन् २०१० को फिल्म&nbsp;एंथ्रोनीको सिक्वेल यस फिल्ममा रजनी कान्त डाक्टर वसीकरन र चिट्टी रोबोटको भूमिकामा छन् । उनले ‘रोबोट’ अर्थात ‘एंथ्रोनी’ (तमिल) मा पनि यी दुई भूमिका निर्वाह गरिसकेका छन् ।‘रोबोट’मा रजनी कान्त र ऐश्वर्य रायको मुख्य भूमिका थियो । २.० लाई ए–शंकरले निर्देशन गरेका हुन् । २५ जनवरी २०१८ मा रिलिज हुने यो फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ ।एजेन्सी</p>