६५ वर्ष लागे चर्चित अभिनेता नीर शाह

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>नेपाली सिनेजगतका निकैनै चर्चित कलाकार,निर्माता, निर्देशक तथा गीतकार नीर शाहको आज जन्मदिन परेको छ। आज बाट उनले जिवनको ७५औं वसन्तमा पाइला टेकेका छन्।</p><p>&nbsp;वि.सं. २०२४ सालमा हीरासिंह खत्री निर्दे्शित 'परिवर्तन'बाट चलचित्रको यात्रा सुरु गरेका&nbsp; उनले कुसुमे रुमाल, प्रेमपिण्ड, नाता रगतको, ढुकढुकी, मुनामदन, किस्मत, सानो संसार, बादलपारी, गौथली लगायत तीन सय बढि चलचित्रहरुमा काम गरिसकेका छन् । साथै उनले बलिउडमा पनि केहि फिल्महरुमा अतिथि भूमिकामा काम गरिसकेका छन् । उनले नेपाली चलचित्रका धेरै स्क्रिप्ट पनि लेखेका छन् । सुरुमा ७ सय रूपैयाँबाट अभिनययात्रा सुरु गरेका शाह महँगा चरित्र अभिनेताका रूपमा समेत परिचित छन्। निर्माण र व्यवसायमा समेत सक्रिय शाह सफल गीतकार पनि हुन्। गीतकारको हैसियतमा उनले छिन्नलता पुरस्कार पनि पाएका छन्। रिल लाईफमा निकैनै चर्चा कमाएका उनी रियल लाईफमा पनि गीतकार, नाट्यकर्मी, चलचित्रकर्मी, कवि र कुशल प्रशासक भएर आफुलाई बहुप्रतिभाशाली ब्यक्तिको रुपमा चिनाएका छन् ।</p><p>उनै अग्रज स्रष्टा नीर शाहलाई आर्टिष्टखवरको तर्फबाट जन्मदिनको शुभकामना</p>