राष्ट्रकवि माधव घिमिरेलाई ‘मनिराम वाङ्गमय पुरस्कार’

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>राष्ट्रकवि माधव घिमिरेलाई राजधानी वाहिरको सवैभन्दा ठूलो साहित्यिक पुरस्कार&nbsp; प्रदान गरिने भएको छ । धनगढीमा गत वर्ष महाकाब्यकार मनिराम जोशीका छोरा गोविन्दाराज जोशीले स्थापना गरेको एक लाख राशीको ‘मनिराम वाङ्गमय पुरस्कार’ पहिलो पटक राष्ट्रकवि घिमिरेलाई प्रदान गरिने भएको हो । जनशताब्दीका अवसर पारेर उनलाई प्रदान गर्ने निर्णय गरिएको नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष साहित्यकार पदमराज जोशीले बताए ।&nbsp;</p><p>उनले भने, “रामचन्द्र भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारीस अनुसार राष्ट्रकविलाइ उनको जन्म शताव्दीका अवसरमा उक्त पुरस्कार दिने निर्णय गरिएको हो ।’’&nbsp;</p><p>गत बर्ष प्रतिष्ठानको संयोजनमा धनगढीका महाकाब्यकार मनिराम जोशीका छोरा गोबिन्दराज जोशीले १० लाख अक्षयकोष स्थापना गरि हरेक बर्ष एक लाख धनराशीको उक्त पुरस्कार दिने निर्णय गरिएको थियो ।&nbsp;</p>