<pre><b>असोज, काठमाडौ।</b></pre><p>रेखा थापा र आर्यन सिग्देलको निकैनै प्रतिक्षित चलचित्र 'रुद्रप्रिया' सेन्सरबोर्डबाट पास भएको छ। चलचित्रलाई सेन्सरबोर्डले पिजी सर्टिफिकेट प्रदान गरेको छ। यस अनुसार चलचित्र हेर्नका लागि १६ बर्षभन्दा मुनिका बालबालिकाहरुले आफ्नो अभिभावक साथमा लिएर जानुपर्नेछ । चलचित्रमा द्धन्दको सिनहरुभएका कारण सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको बताइएको छ। </p><p>सुदीप बबी भुपाल सिंहको निर्देशनमा बनेको चलचित्र कार्तिक २ गते लक्ष्मी पुजाको दिन डिटिएच र हलमा एकैसाथ प्रदर्शन हुने भएको छ । आर्यन र रेखाको ८ वर्ष पछि को टिमअपका कारण चर्चामा रहेको यस चलचित्रमा आर्यन र रेखाको अनस्क्रिन रोमान्स रहेको छ। चलचित्रमा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् । चलचित्रमा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायतका कलाकारहरु पनि अभिनय छ ।</p><p><br></p>