असोज, काठमाडौं।

ईमेज च्यानलले दुई दशकदेखि वार्षिकरुपमा आयोजना गर्दै आएकोे ईमेज अवार्डको १९औं संस्करण शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा हेमन्त रानाको साइँली गीतलाई सर्वोत्कृष्ट गीतको सम्मान प्रदान गरिएको छ। साथै सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड ‘पुरानो डुंगा’बाट ‘निर जहिले रिसाउने’लाई प्रदान गरिएको थियो। त्यस्तै युगल गायनतर्फको अवार्ड मारकसु दास र मेलिना राइले जितेका छन्।

कार्यक्रममा अवार्डका साथै वरिष्ठ सर्जक दीपक जंगमलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो। २०७३ साल असार १ गतेदेखि २०७४ साल जेठ मसान्तसम्म सार्वजनिक भएका सिर्जना मध्येबाट २३ ओटा विधाका उत्कृष्ट पाँचमा पर्न सफल सिर्जना र सर्जकमध्ये प्रत्येक विधाका सर्वोत्कृष्ट एकलाई निर्णायक मन्डलको निर्णयका आधारमा अवार्ड वितरण गरिएको हो ।

कार्यक्रममा उत्कृष्ट हुन सफल स्रष्टा तथा सिर्जनाहरुको सुची यस प्रकार रहेको छ

सर्वोत्कृष्ट चलचित्र गीतः ‘निर जहिले रिसाउने’ (‘पुरानो डुंगा’)

सर्वोत्कृष्ट गीतः ‘साइँली', हेमन्त राना

सर्वोत्कृष्ट एल्बमः ‘क्यानभास’ सुरजकुमार थापा

सर्वोत्कृष्ट गीतरचनाः ‘चिसो सहर’ शीतल कादम्बिनी

उत्कृष्ट संगीतः ‘आज फेरि’हरि लम्साल

सर्वोकृष्ट नवकलाकारः सुरेश लामा

सर्वोत्कृष्ट राष्ट्रिय भावानाको गीतः ‘हाम्रो नेपाल’,कर्णदास

सर्वोत्कृष्ट संगीत संयोजनः ‘तस्वीर तिम्रो’,गोपाल रसाइली

सर्वोत्कृष्ट गीतमुद्रणः ‘कुटुमा कुटु’श्यामश्वेत रसाइली

सर्वोत्कृष्ट लोकगायनः ‘आमा’ पशुपति शर्मा

सर्वोत्कृष्ट दोहोरी एल्बमः ‘आज गाउँमा’ कृष्ण रेउले

सर्वोत्कृष्ट म्युजिक भिडियोः‘ म हारें’ जीवन थापा

सर्वोत्कृष्ट म्युजिक भिडियो क्यामेराम्यानः ‘मनको दाग’धीरजजंग शाह

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकः ‘तिलहरी’निकेश खड्का

सर्वोत्कृष्ट म्युजिक भिडियोः ‘साइँली’ जीएच इन्टरटेनमेन्ट

सर्वोत्कृष्ट गायन पुरुषः कर्माग्यालेञ्जेन बम्जन

सर्वोत्कृष्ट गायन महिलाःअञ्जु पन्त

सर्वोत्कृष्ट पपगीत पुरुषः ‘अइयो रइयो’ धर्मेन्द्र सेवान

सर्वोत्कृष्ट पपगीत महिलाः ‘तिम्रो र मेरो सम्बन्ध’ सोना अमात्य

पब्लिक च्वाइस अवार्ड : ‘साइँली’ हेमन्त राना