<pre><b>असोज, काठमाडौं। </b></pre><p style="text-align: justify; ">आगामी फिल्म पद्मावतीमा आफ्नो लुकलाई लिएर रणवीर सिंह यतिवेला निकैनै तारिफ बटुलिरहेका छन्। फिल्ममा उनको अंदाज, लुक र एक्टिंगको पनि तारिफ भइरहेको छ। फिल्मको पर्दामा पैसा कमाउनको लागि चिया सम्म बेच्ने गरेका रणवीर वास्तवमा करोडौंको मालिक हुन्। रणवीर सिंह संग करिब ३०० करोडको सम्पति रहेको छ। साथै उनी ठुलो बिजनेश परिवारबाट रहेका छन्। </p><p style="text-align: justify; ">यसै पारिवारिक व्याकग्राउण्डका कारण पनि व्याण्ड बाजा बारात बनाउनका लागि उनको पिताले १० लाख लगानी गरेका थिए। रणवीरका पिता बांद्राको रियल स्टेटका व्यापारी हुन्। रणवीर सधैनै अभिनेता बन्न चाहन्थे तर कलेजका दिनहरुमा अभिनयको सोच छोडेर लेखन तर्फ केन्द्रित भएका थिए। उनले इडियाना यूनिवर्सिटी, ब्लूमिंगटन यूएसए बाट ब्याचलर अफ आर्टस्को डिग्री हासिल गरेका छन्। </p>







२९ आश्विन २०७४, आईतवार ०४:४१ 








