बन्ने भयो सुनिल थापाको ‘अमेरिका बोइज’

असोज, काठमाडौं।

निर्देशक प्रवेश पौडेलले नयाँ चलचित्रको घोषणा गरेका छन्। आइतवार राजधानीमा आयोजित कार्यक्रममा उनको निर्देशनमा बन्ने चलचित्र ‘अमेरिका बोइज’को निर्माण घोषणा गरिएको छ। चलचित्रमा  अर्पण थापा, सुनिल थापा (राते काईला), हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहनेछ। तिहारपछि फ्लोरमा जाने बताइएको यस चलचित्रको   अधिकांश छायांकन नेपालमा नै हुने बताइएको छ।

प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको चलचित्रको लागत एक करोड रहने बताइएको छ । चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन् ।

चलचित्रको बारेमा बोल्दै निर्देशक प्रवेश पौडेलले ‘अमेरिका बोइज’ले ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने बताए । उनले भने, नाम ‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र निर्माण हुनेछ ।