इनास फिल्म अवार्डमा विजय, जीवन र लोकराजलाई चलचित्र पत्रकारिता पुरस्कार

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

‘पाँचौ इनास फिल्मी अवार्ड’ मा नेपाली चलचित्रको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै तिन पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । अनलाइनखबर डटकमका पत्रकार ‘विजय सुवेदी ‘आवाज’, ठूलोपर्दा डटकमका जीवन पराजुली र रेडियोकर्मी लोकराज अधिकारीलाई पुरस्कार प्रदान गरिएको थियो ।

राजधानीको राष्ट्रिय सभा गृहमा भव्य समारोहका बीच उनीहरुलाई पुरस्कारपत्र र जनही नगद १० हजार सहित पुरस्कृत गरिएको हो । इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवालको सभापतित्वमा सम्पन्न अवार्ड समारोहमा रेडियो अडियोका अमितचन्द्र अधिकारीलाई पनि ‘इनास सम्मान’ प्रदान गरिएको छ ।

उक्त अवार्डमा चलचित्र ‘जात्रा’ उत्कृष्ट घोषित भयो ।  ‘जात्रा’बाटै बिपिन कार्कीले सर्वोत्कृष्ट नायक बने भने चलचित्र ‘डाइङ क्यान्डल’बाट श्रृजना सुब्बाले उत्कृष्ट नायिका बनिन् । अवार्डमा २० विधामा अवार्ड प्रदान गरिएको थियो ।