असोज, काठमाडौं।

विश्व शान्तिको कामना र विश्व बन्धुत्वको भाबना समेट्दै विश्व साईकल यात्रामा होमिएका बिरेश दाहालको साइकल यात्रा अब पर्दामा उतारिने भएको छ। लेखक तथा निर्देशक श्रीराम दाहालले बिरेशको जिवनीलाई चलचित्रमा उतार्ने भएका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण को घोषणा गरिएको छ। चलचित्रको नाम 'उल्टो साइकल' राखिएको छ।

१ करोड ३० लाख अनुमानित बजेट रहेको चलचित्रको छायांकन उदयपुर साथै मेची–महाकाली राजमार्गका विभिन्न स्थान हरुमा हुने बताइएको छ । बिरेश दाहालले मेची–महाकालि यात्रा प्रारम्भ गरेकै दिन पुष २७ गते बाट चलचित्रको छायांकन शुरु गरिनेछ । साथै चलचित्रको लागि कलाकारहरुको खोजि पनि शुरु भएको छ । जीता कटवालको निर्माणमा बन्ने यस चलचित्रमा नरेन्द्र बराल र बिनोद खतिवडा कास्टिंग निर्देशक को रुपमा रहनेछन्।

बिरेशले आरम्भ गरेको ‘मेची–कालि उल्टो साइकल यात्रा’ आज सम्म आइपुग्दा ६३ देशमा सम्पन्न भैसकेको छ ।

२९ आश्विन २०७४, आईतवार ०७:३२