प्रियंका बनिन ५ औ मिस नेपाल युएस सुन्दरी

...

miss us priyanka thapaliyaभदौ, न्युयोर्क । आज सम्पन्न ५ औ मिस नेपाल युएस प्रतियोगितामा नर्थ क्यारोलिनाकि प्रियंका थपलिया उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुलाई उछिन्दै ५ औ नेपाल अमेरिका सुन्दरीको भएकी छिन् ।

नेपाल अमेरिका सुन्दरी प्रतियोगितामा मिनेसोटाकि कौशिला लामा प्रथम उप बिजेता तथा र टेक्सासकि नेहा झा द्वितीय उपबिजेता क्रमस भएका छन् ।

यसै गरि मिस पर्सोना लिटिमा दिभ्या भण्डारी , मिस फोटोजेनिकमा प्रियंका थपलिया , मिस ट्यालेन्टमा नेहा झा ,मिस कल्चर एंड टुरिस्टमा शारुन गामी मिस पपुलरमा स्मृति गिरि ,मिस डिसीप्लेनमा सुनिता पुन तथा मिस बेस्ट वाकमा कौशिला लामा भएका छन् ।


priyanka thapaliye

विश्व कै सम्राट राज्य न्युयोर्कमा आज साँझ ६ बजे देखि सुरु भएको उक्त कार्यक्रम न्युयोर्क स्थित नैतिक संस्कृति संगीत सभा कक्षमा भएको थियो । नेपालको पुनर्निर्माणमा सहयोग गर्ने उद्धेश्यले आयोजना गरिएको ५ औ मिस नेपाल युएस प्रतियोगिताको लागि बलिवुडकि अभिनेत्री मनिषा कोइराला तथा अभिनेता गुलशन ग्रोभरको सहभागिता रहेको थियो ।

यसै गरि प्रतियोगिताको लागि सीएनएन तथा फक्स न्युजका पूर्व ख्याती प्राप्त समाचार वाचिका किरण छेत्री तथा २०१० कि विश्व सुन्दरी प्रतियोगिताकि प्रथम उपबिजेता ईमा वारस तथा अन्य अन्तरराष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरुको सहभागिताको बीच सांस्कृतिक कार्यक्रम सहित भब्यताको साथ सम्पन्न भएको छ ।

पाचौ मिस नेपाल यु एस प्रतियोगितामा अमेरिकाका बिभिन्न राज्यहरुबाट अन्तिम १० स्थानमा पर्ने प्रतियोगिहरुमा बिभुति बराल ,लस् एन्जेलस, दिभ्या भण्डारी ,म्यारिल्याण्ड, ज्योत्शाना पराजुली ,ओहायो , कौसली लामा ,मिनेसोटा ,नेहा झा ,टेक्सास, प्रियंका थपलिया ,नर्थ क्यारोलिना , रचना ज्ञवाली ,मिनेसोटा ,स्यारोन गामी ,न्युयोर्क ,स्मृति गिरि ,क्यालिफोर्निया तथा सुनिता पुन ब्रिटिश कोलम्बियाका सुन्दरीहरुले भाग लिएका थिए ।

कार्यक्रमको उद्घाटन न्युर्योक स्थित नेपाली महावाणिज्य दुतावासका महावाणिज्यदुत नारायण प्रसाद मैनालीले गर्नु भएको थियो । मुख्य आयोजक मिस नेपाल युएस हो भने कार्यक्रमको सभापतित्व डा बिनोद शाहले गरेका थिए ।

लामो समयको मेहनत पछि अन्तत्वगत्वा कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकोमा मिस नेपाल युएस का संस्थापक अमित शाह तथा संचालक समितिका निर्देशक सैलेश श्रेष्ठले सन्तुष्ट व्यक्त गर्दै यो दिर्घ कालिन परियोजना भएकोले अझ यसलाई माथि उठाउने हाम्रो प्रयास रहने बताए ।

– विजय थापा