शाहरुखलाई बलिउडमा ल्याउने निर्देशक लेखको निधन

असोज, काठमाडौं।

बलिउड नगरी यतिवेला शोक मग्न बनेको छ।  पछिल्ला केही दिनमा बलिउडले आफ्ना केही हस्तीहरुलाई गुमाउँदै गएको छ। केही हप्ता अगाडि मात्र बलिउडका निर्देशक कुन्दन शाहको निधन भएको थियो। त्यसको एक सातामै फेरि अर्का निर्देशक लेख टन्डनको निधन भएको छ।

८८ वर्षीय लेखको आइतबार बेलुकी ५ः४५ बजे मुम्बईस्थित आफ्नै निवासमा मृत्यु भएको हो। उनी विगत ५ ६ महिनादेखि विरामी थिए। शोकाकुल परिवारले उनको अन्तिम संस्कार सोमबार दिउँसो १२ बजे गरिने जनाएको छ।

उनले सन् १९६२ मा फिल्म ‘प्रोफेसर’बाट फिल्म निर्देशनमा आफ्नो कदम राखेका थिए। उनले निर्देशन गरेको फिल्म ‘दुल्हन वही जो पिया मन भाये’, ‘आम्रपाली’, ‘अगर तुम न होते’, ‘आंदोलन’ र ‘झुक गया आशमान’ निकै चर्चित भएका थिए। उनका अन्य फिल्ममा ‘उत्तरायन’, ‘खुदा कमस’, ‘जहाँ प्यार मिले’ र ‘प्रिंस’ आदि छन्।

लेख टंडनले नै अहिलेका बलिउड अभिनेता शाहरुख खानलाई पहिलोपटक ब्रेक दिएका थिए। उनले शाहरुखालाई आफ्नो टीभी सिरियल ‘दिल दरियामा’ कास्ट गरेका थिए। तर यस सिरियलको प्रोडक्सनमा समय लागेपछि उनको पहिलो टीभी सिरीयल ‘फौजी’ बन्यो।यसैबाट शाहरुखले सानो पर्दामा डेब्यू गरेका थिए। तर उनले फिल्म ‘चेन्नई एक्सप्रेस’मा एउटा सानो भूमिकाको लागि पनि १८ लाख रुपैयाँ दिएको बताएका थिए। शाहरुख खानले लेख टन्डनको निधनप्रति श्रद्धान्जली ब्यक्त गर्दै ट्वीट गरेका छन् ।