आफ्नै फिल्म ‘सिक्रेट सुपरस्टार’मा छोटो भुमिकामा आमिर

...

<pre><b>असोज, काठमाडौैं।</b></pre><p>फिल्म&nbsp; 'दंगल' बाट सर्वाधिक सफलता हासिल गरेका सुपरस्टार आमिर खान अपकमिंग फिल्म&nbsp; ‘सेक्रेट सुपरस्टार’मा&nbsp; देखिँदैछन्। तर यस फिल्ममा उनी आधा घण्टा मात्रै देखिनेछन् । फिल्ममा उनको महत्वपूर्ण भूमिका भएपनि मुख्य भूमिका भने छैन् । उनी केवल एउटी गायिका बन्ने केटीको चाहाना पुरा गर्ने गुरुको रुपमा देखिनेछन् । केहि साता अघि गरिएको स्पेशल शो मा फिल्म हेरेका ब्यक्तिहरुले यस्तो कुरा खुलासा गरेका हुन् । उनीहरुका अनुशार ‘सेक्रेट सुपरस्टार’मा आमिरको भूमिका ‘तारे जमिन पर’ मा जस्तै छ । ‘तारे जमिन पर’ मा आमिरले एक असल शिक्षकको भूमिका निर्वाह गरेका थिए ।</p><p>त्यसरी नै ‘सेक्रेट सुपरस्टार’मा पनि उनले गायिका बन्न चाहने एक मुस्लिम समुदायकी केटीलाई सहयोग गर्नेछन् । उनको भूमिका फिल्मको पहिलो हाफमा छैन् । केवल मध्यान्तर पछि मात्रै आमिरको प्रवेश हुनेछ । यो कुरा उनले बलिउड हंगामा सँग कुराकानी गर्ने क्रममा खोलेका हुन् । एजेन्सी</p>