गीतकार कृष्णबहादुर को गीतिसंग्रह ‘मनभित्रको मन’ सार्वजनिक

...

<pre><b>असोज, काठमाडौं</b></pre><p>कवि तथा गीतकार कृष्णबहादुर थापा क्षेत्री आफ्नो नयाँ&nbsp; गीतिसंग्रह ‘मनभित्रको मन’ लिएर दर्शक स्रोतामाझ आएका छन्।&nbsp; गीतकार संघ नेपालले आयोजना गरेको&nbsp; एक कार्यक्रमका माझ उनको गीतिसंग्रह ‘मनभित्रको मन’सार्वजनिक गरिएको छ । अनामनगरस्थित विनायो क्याफेमा आयोजित&nbsp; कार्यक्रममा&nbsp; वरिष्ठ कवि तथा गीतकार रत्नशमशेर थापाको हातबाट सार्वजनिक गरिएको हो । १२० वटा गीतहरु समावेश रहेको उक्त गीतिसंग्रहलाई सार्वजनिक गर्दै वरिष्ठ गीतकार थापाले कृष्णबहादुर थापा क्षेत्री एक असल गीतकारको रुपमा भित्रिएको बताए ।&nbsp;</p><p>कार्यक्रम संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीले संचालन गरेका थिए । प्रवासको बसाईलाई घरबासका दुःखसुख र माटोसँग प्रस्तुत गर्न सफल भएको बताउँदै गीतकार थापाले आगामी दिनमा यसको निरन्तरता दिन छाड्न नहुने बताए ।</p>