बेनिशाले सौगातलाई बोकिन् काँधमा , ‘झ्यानाकुटी फोटो कन्टेस्ट’को घोषणा

...

<pre><b>कात्तिक, काठमाडौं।&nbsp;</b></pre><p>नायिका निशा अधिकारीको पहिलो निर्माणमा बनेको चलचित्र 'झ्यानाकुटी'को ट्रेलर मंगलवार सार्वजनिक गरिएको छ। ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका मुख्य कलाकार सौगात र बेनिशा लगायत&nbsp; सम्पूर्ण कलाकार चलचित्रमा रहेकै&nbsp; पहिरनमा उपस्थित भएका थिए । बेनिशाले साधारण रातो रंगको साडी चोलीमा सजिएकी थिईन त्यस्तै&nbsp; सौगातले खुम्चिएको सर्ट(पाइन्ट र शिरमा ढाका टोपी लगाएका थिए ।&nbsp;</p><p>&nbsp;कलाकारहरु चलचित्रकै पहिरनमा आउनु आर्कषणको विषय बनेको कार्यक्रममा चलचित्रको फस्ट लुक पोष्टरमा रहेजस्तै नायिका बेनिशाले सौगात मल्ललाई काँधमा बोकेपछि सबैको ताली गुन्जेको थियो।&nbsp; पत्रकारको आग्रह स्वीकार गर्दै बेनिशाले पत्रकार सम्मेलनमै सौगातलाई झण्डै १ मिनेट काँधमा बोकेकी थिईन्।&nbsp;</p><p>साथै कार्यक्रममा निर्मात्री निशाले ‘झ्यानाकुटी फोटो कन्टेस्ट’को पनि घोषणा गरेकी छिन्। प्रिती नुडल्ससँग सहकार्यमा प्रेमिकाले प्रेमी काँधमा बोकेको वा श्रीमतिले श्रीमान बोकेको तश्वीर फेसबुकमा अपलोड गरेर सर्वाधिक वर्जिनल लाइक पाउने जोडीलाई ५१ हजार नगद हस्तारण गर्ने निशाले बताएकी छिन्।&nbsp;</p><p>चलचित्र मंसिर १ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रलाई सिमोस सुनवारले निर्देशन गरेका हुन् ।&nbsp;</p>