कार्तिक, काठमाडौं ।

गत बर्ष स्थापना भएको कान्तिपुर फिल्म एकेडेमि मा अध्ययन गरेका पहिलो ब्याचका बिधार्थिहरु लाइ ग्राजुएट गरिएको छ । चलचित्र सम्बन्धित बिबिध बिधामा अन्तराष्ट्रिय स्तरको शिक्षा दिने उदेश्यले खोलिएको कान्तिपुर फिल्म एकेडेमि को उक्त ग्राजुएसन कार्यक्रममा बिधार्थिहरुले बनाएका छोटा चलचित्रहरु पनि प्रर्दशन गरिएको थियो ।

अभिनय तर्फको बिधामा १३ जना , फिल्म मेकिङ बिधामा ९ जना तथा सिनेमाटोग्राफि बिधामा १८ जना बिधार्थिलाई प्रमाणपत्र प्रदान गरिएको थियो । चलचित्र बिकाश बोर्डका अध्यक्ष तथा सुचना तथा सन्चार मन्त्रालयका सह सचिव रामचन्द्र ढकालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बिधार्थि , अभिभावक , सन्चारकर्मि , तथा सेलिब्रेटीको बाक्लो उपस्थिति रहेको थियो ।

ग्राजुएट हुने बिधार्थिहरुलाइ शुभकामना दिदै बिकाश बोर्ड अध्यक्ष ढकालले चलचित्रको अध्ययनमा बिधार्थिहरुको रुचि बढ्नु सकारात्मक बिषय भएको बताए । यस्तै एकेडेमिका अध्यक्ष छबिराज ओझाले आगन्तुक पाहुना लाइ स्वागत गरेका थिए भने सिइओ प्रकाश पुरीले एकेडेमिको बारेमा जानकारी दिएका दिएका थिए ।