चलचित्रमा जम्दै प्रज्ज्वल

कार्तिक, काठमाडौं ।

चलचित्र क्षेत्रमा कोहि सकारात्मक भुमिकाबाट परिचित हुन्छन् त कोहि नकारात्मक भुमिका बाट, जुनै भुमिकाबाट अभिनयमा दर्शकमाझ आएता पनि दर्शकले कलाकारको अभिनय कलालाई मन पराउने हो । यस्तै नेपाली चलचित्रक्षेत्रमा नायक र खलनायक दुबैको भुमिकामा आएर दर्शकमाझ परिचित नाम हो प्रज्ज्वल गिरी । प्रज्ज्वलले नेपाली चलचित्रक्षेत्रमा बिभिन्न भुमिका निभाएका छन् । विगत १५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा आवद्ध रहेको उनी पछिल्लो समय थुप्रै चलचित्रहरुमा काम गरिसकेका छन् । उनी अहिले सबैको रोजाइका कारण व्यस्त छन् भने नेपालमा आफ्नो एक्सनको स्टन्ट आफैँ गर्ने एक्सन नायकको रुपमा आफूलाई अगाडि ल्याएर एक्सन हिरोको रुपमा परिचित छन् । ठूलो पर्दाको चलचित्र खेल्ने क्रममा छोटो समयमा नै सबैभन्दा बढी चलचित्र खेल्ने नायकको रुपमा पनि प्रज्ज्वल नै छन् ।

रङ्गमञ्च हुँदै वि.सं. २०६० सालमा नेपाल टेलिभिजनबाट प्रसारित श्याम भट्टराईद्वारा निर्देशित टेलिचलचित्र ‘दुई थोपा आँशु’ बाट नेपाली कला क्षेत्रमा होमिएका प्रज्ज्वलले ‘सिउँदो’, ‘मिस नेपाल’लगायत विभिन्न टेलिचलचित्रमा समेत मुख्य भूमिकामा अभिनय गरेका छन् । उनको पहिलो ठूलो पर्दाको चलचित्र ‘नाता मनको’ हो ।

नेपाली चलचित्रमा मात्र नभएर हिन्दी चलचित्रमा समेत अभिनय गरेका उनले बलिउडमा ‘दो जिस्म एक जान’, ‘क्रिस्टिना’लगायतका चलचित्रमा अभिनय गरेका छन् । ‘तिमी जहाँ भए पनि, मानव, लुट कम्पनी, बाउन्सर, सन्जोग, छल, जय पर्शुराम, निर्भय, ड्राइभर दाइ, हमजाएगा, अन्दाज, रावण, मेरो देश, अपरिचित’ लगायत दुई दर्जनभन्दा धेरै चलचित्रबाट उनी दर्शकको मन मस्तिष्कमा राज गर्न सफल छन् । प्रज्ज्वलले आफ्नो जीवन अभिनयमै ब्यतित गर्ने पनि बताउदै आएका छन् । उनले दर्शकको माया र साथ पाएकोले यहाँ सम्म आएको र भोलीका दिनमा पनि दर्शकबाट यस्तो साथ पाउने आशा राख्छन् । ‘म आज यहा सम्म आउनुमा दर्शकको हात छ यदि दर्शकले मन पराइदिनुभएको थिएन भने मैले जति नै चलचित्रमा काम गरेपछि सन्तुष्टि हुने थिएन ।’, प्रज्ज्वल भन्छन् । उनका प्रदर्शनको तयारीमा रहेका चलचित्र ‘कुर्बान, कोइला, सरकार, च्यालेन्ज, चाल, नेपालीको शान, कैदी, शासक, फेरि भेटौँला, पुजारी, सकस, सिमाना, चिनारी’ लगायत अन्य दर्जनौँ रहेका छन् ।

त्यस्तै, उनी अभिनित चलचित्रहरु ‘वीरङ्गना, अवतार र सूर्यास्त’को छायाँकन भइरहेको छ भने ‘चेक नं. ४२०’ यहि महिनाबाट छायाँकनमा जाँदैछ । उनले नेपालमा पनि स्तरिय चलचित्र बन्न थालेको र अबका दिनमा पनि दर्शकले सबैकुराले स्तरिय चलचित्र हेर्न पाउन् भन्छन् । ‘स्तरीय नेपाली चलचित्र हेर्न दर्शकले पाऊन्, नेपाली चलचित्र जति बनिरहेका छन् त्यति नै व्यावसायिक फड्को मारुन्,’ उनले अपेक्षा राखे । उनले विभिन्न अवार्डहरु पनि चुमेका छन् । उनले ‘तिमी जहाँ भए पनि’ चलचित्रबाट बेस्ट सर्पोटिङ एक्टरको बक्स अफिस अवार्ड चुम्न सफल भएका थिए । त्यस्तै, चलचित्र ‘बाउन्सर’बाट नेगेटिभ हिरोको अवार्ड, चलचित्र ‘संजोग’बाट बेस्ट एक्टरको अवार्ड र चलचित्र ‘मेरो देश’बाट डिसिने अवार्डमा जुरी अवार्ड बेस्ट एक्टर २०७३ चुम्न सफल भएका छन् ।

विभिन्न अवार्ड, नाटक प्रतियोगिता, लघुचलचित्र प्रतियोगिता तथा अन्य थुप्रै प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका प्रज्ज्वलले विभिन्न सङ्घ– संस्थाबाट सम्मानित र अवार्ड प्राप्त गरेका छन् ।

प्रज्ज्वलले आफ्नै प्रोडक्शन हाउसबाट चलचित्र ‘कोइला’ निर्माण गरिसकेका छन् ।  एक दशकको चलचित्र यात्रामा ४३ वटा चलचित्रमा मुख्य भूमिका र ५१ भन्दा धेरै चलचित्रमा सहायक भूमिका निभाएका छन् ।

हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित सामाग्री