तरकारीवालीले ‘लम्फू’ चलचित्रमा अभिनय गरेको खुलासा

कार्तिक, काठमाण्डौ ।

आजभन्दा एक बर्ष अघि तरकारी बोकेका केहि तस्बिरकै कारण एकाएक विश्वसामु भाईरल बनेकी कुशुम श्रेष्ठ उर्फ तरकारीवालीलाई चलचित्रमा काम गराउन धेरै निर्माता तथा निर्देशनहरु असफल भएका थिए । धेरै म्युजीक भिडियो तथा चलचित्रमा अफर आएपनि आफ्नो पढाईका कारण अहिले कुनै पनि म्युजीक भिडियो तथा चलचित्रमा काम गर्दिन भन्ने उत्तर सबै निर्माता तथा निर्देशकलाई दिँदै आएकी थिइन् । तर अहिले चलचित्र ‘लम्फु’ मा अभिनय गरेको खुलेको छ । चलचित्रलाई गोपालचन्द्र लामिछाने निर्देशीन गरेका छन् ।

यसै बर्ष रिलीज हुने ‘लम्फू’मा उनले कस्तो भूमिकामा अभिनय गरेकी हुन् त्यो भने अहिले खुलाएकी छैनन् । ‘तपाईँहरु र दर्शकले हलमा गएपछि नै मेरो भूमिकाबारे प्रष्ट हुनुहुनेछ, म अहिले नै सबैकुरा खुलाउन चाहन्न’ कुशुमले भनिन् । यो चलचित्रको छायांकन अघिल्लो बर्ष नै भएको थियो तर पनि तरकारीवालीको अभिनयको बारेमा भने गोप्य राखिएको थियो । अब चलचित्र रिलीज हुने समय आएकोले आफुले आफ्नो अभिनय रहेको खुलाएको कुशुमले बताईन् ।

कुशुमले चलचित्रमा अभिनय गरेबापत आफुले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएको बताईन् । ‘म जुन समाजमा हुर्के, बढेँ यहि समाजले आज मलाई तरकारीवालीको रुपमा विश्वभर चिनाएको हो । मलाई समाजले अनपेक्षित रुपमा यति धेरै कुरा दियो । मैले पनि समाजको लागि केहि गर्नुपर्छ भन्ने लागेर अनाथ–असहाय बालबालिकामा खर्च गरेकी हुँ’, कुशुमले भनिन्, ‘यो मेरो पहिलो कमाई थियो र आगामी दिनमा पनि म सामाजिक कार्यमा अग्रसर रहिरहनेछु’ ।

पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ‘लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

गत बर्ष तरकारी बोकेर बजारतर्फ झर्दै गरेकी कुशुमका दुई फोटो रुपचन्द्र महर्जनले खिचेका थिए । गोरखाबाट चितवनको फिस्लिङ्तर्फ आउँदै गर्दा त्रिशुली नदिको झोलुंगे पुलमा तस्वीर कैद भएका थिए । उक्त फोटोहरु पहिले भारतमा भाईरल बनेका थिए । भारतियहरुले नेपालकी तरकारीवाली भन्दै भाईरल गरेका थिए । त्यसपछि नेपाल र भारतका सञ्चारमाध्यमहरुमा कुशुम केहि समय चर्चाको बिषय बनेकी थिइन् ।