‘फिर्के’ पुस १४ बाट देशभर

...

<pre style="text-align: justify; "><b>कार्तिक, काठमाण्डौ । </b></pre><p style="text-align: justify; ">'ईकु'को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र 'फिर्के'का दुई पोस्टर सार्वजनिक भएका छन् । पौष १४ गतेलाई रिलीज मिति तोक्दै यस चलचित्रका दुई पोस्टर रिलीज गरिएको हो ।</p><p style="text-align: justify; ">फिर्केमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रलाई २७ बर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन् । छ वटा नेवारी (नेपाल भाषा)का चलचित्रहरु निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ुबेमानुको नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र निर्देशन गरेका हुन् ।</p><p style="text-align: justify; ">यसअघि 'ईकु' र 'ईकु २' चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ुफिर्केुमा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन् । यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ ।बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस चलचित्रमा दुई गीत रहेका छन् । यसै साता एक गीत सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ुफिर्केुमा मित्र डि। गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । चलचित्रलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् ।</p>