सफलताको मापन यन्त्र युट्युब

गोपिकृष्ण चापागाईं / कार्तिक, काठमाडौं ।

नेपाली चलचित्रले अहिले गीतसंगीतमा बिशेष ध्यान दिन थालेका छन् । चलचित्रको मुख्य र ठुलो प्रमोशन भनेकी पछिल्लो समय चलचित्रमा समावेश हुने गीतलाई नै लिने गरिन्छ । चलचित्रको प्रदर्शन मितिबाट महिना दिन भन्दा अघिनै गीतको सार्वजनिक गरिसकेपछि उक्त गीतबाटै चलचित्रको ठुलो प्रमोशन हुँदै आएको उदाहरण पछिल्लो समयका थुप्रै चलचित्रले दिइसकेका छन् ।

चलचित्रको एक टाइटल गीतले गर्दा नै हलसम्म दर्शकको ओइरो लाग्छ भन्ने बुझाई आमा निर्देशक तथा निर्मातामा छ । त्यसैले पनि अहिले चलचित्रका निर्माता र निर्देशकहरु गतिलो गीत बनाउन र त्यो गीतको भिडियो बनाउन निकै दुख गर्छन् । कतिपय निर्माताहरुले चलचित्र बनाउन लाग्ने लगभग आधा पैसानै गीतमा खर्चिएका पनि हुन्छन् । जब चलचित्रमा समावेश हुने गीत दर्शक तथा स्रोताको मनमा बस्छ तब दर्शक चलचित्र हेर्न हलसम्म आउँछन् भन्ने बुझेर नै पछिल्लो पुस्ताका निर्माता तथा निर्देशकहरु राम्रो गीत लेखक तथा संगीतकार समक्ष धाईरहेका छन् ।

चलचित्र हिट बनाउन पहिला गीतलाई हिट बनाउन पर्छ भन्ने उदाहारणको रुपमा केहि संगीतकारहरुले देखाइसकेका पनि छन् । पछिल्लो समयका केहि संगीतकारहरुले बनाएका सबैजसो चलचित्रका गीतहरु हिट छन् त्यसैले पनि ति संगीतकारहरुलाई भ्याईनभ्याई पनि छ । दुईदिन अघिमात्रै सार्वजनिक भएको चलचित्र ‘कान्छि’मा समावेश ‘चरी चट्ट परी’ बोलको गीतमा संगीतकार राजनराज सिवाकोटी अहिलेका सबैभन्दा ब्यस्त संगीतकारको रुपमा चिनिन्छन् । बिशेषतः उनले बनाएका सबैजसो गीतहरु दर्शक तथा स्रोताले खुबै मन पराएका छन् । लोकलयलाई समातेर मौलिकता झल्किने शब्दहरु राख्न माहिर मानिने राजनराजले बनाएका अधिकांश गीतहरुबाटै चलचित्र हिट भएको उदाहरण पनि छन् । ‘कान्छि’ को ‘चरी चट्ट परी’ बोलको गीतले पनि नेपाली चलचित्रक्षेत्रकै रेकर्ड राखेको छ । अहिलेसम्म सार्वजनिक भएका चलचित्रका गीतहरु २४ घण्टामा  ४ लाख भन्दा बढी पटक हेरिएको थिएन । तर यो गीतले भने ४ लाख भन्दा बढी म्युज गएर रेकर्ड राखेको छ । यो नेपाली चलचित्रमै पहिलो पटक हो । यो भन्दा अघिपनि राजनराजले नै संगीत भरेका थुप्रै गीतहरु सार्वजनिक भएका थिए तर ति गीतहरु यति छोटो समयमै धेरैपटक हेरिएको थिएन । दुईदिन सम्म यो गीतलाई साढे ६ लाख भन्दा बढी पटक हेरिसकिएको छ । माघ २६ गतेबाट रिलिज हुने चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । यो चलचित्रमा स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

गीतसंगीतको सफलताको मापन गर्ने माध्यम युट्युबनै भएको बेला चलचित्रको टीमले पनि यसरी नै आफ्नो चलचित्रको सफलताको मापन गर्ने गरेका छन् । ब्यावसायिक सफलता एकातिर छदैँछ तर दर्शकको नजरमा चलचित्रको सफलतालाई युट्युबकै भ्युजको आधारमा मापन गरिदै आएको छ । यसअघिपनि सार्वजनिक भएका केहि चलचित्रहरुका गीतसंगीत अत्यधिक हिट भए तर ब्यावसायिक रुपमा सफलता हुन नसकेका चलचित्र पनि धेरै छन् । चलचित्र ‘२ रुपैंया’मा समावेश ‘कुटुमा कुटु’ गीतपनि युट्युवमा अत्यधिक हिट भएको गीत हो तर गीत जसरी हिट भयो त्यसरी नै चलचित्र फ्लप हुन पुग्यो । ‘कुटुमा कुटु’ गीत युट्युवमा अहिलेसम्म ३ करोड भन्दा बढी पटक हेरिसकिएको छ । यो गीत चलचित्र प्रदर्शन हुनुअघिनै करोड पटक हेरिसकिएको थियो । तर कतिपय चलचित्रले गीतसँगै ब्यावसायिक सफलता पनि पाएका छन् । अहिलेपनि प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पञ्जा २’मा समावेश गीत ‘ए दाजै’लाई पनि युट्युवमा करोड बढी पटक हेरिएको छ । गीतसंगै यो चलचित्र पनि हिट हुन पुग्यो । तर गीतकै कारणले मात्र चलचित्र हिट भएको मान्न सकिदैन ।

समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।