‘कागजपत्र’मा नाजिर र शिल्पाको जोडी

कार्तिक, काठमाडौं ।

अष्ट्रेलियामा नेपाली चलचित्र बितरण गर्दै आएको वल्डवाइड फिल्मस् र औस फिल्मस् को प्रस्तुतीमा चलचित्र ‘कागजपत्र’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बिच घोषणा गरिएको यो चलचित्रमा मुख्य भूमिकामा कलाकार नाजीर हुसैनसहित भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, निरज सिंह विष्ट, लक्ष्मी वर्देवा लगायतका कलाकारहरु रहने बताइएको थियो । शिल्पाले एक हलिउड फिल्ममा समेत काम गरेकी छिन् भने नेपालमा ‘ब्रेकअप’ चलचित्रमा अनुवन्धित भइसकेकी छिन् ।

आउँदो बिहिबार बाट फ्लोरमा जाने यो चलचित्र कमेडी र सोसर ड्रामामा निर्माण हुने बताइएको छ । चलचित्र भित्र नाजीर र शिल्पाको जोडी बाँधिनेछ । चलचित्रलाई अपिल विष्टले निर्देशन गर्दैछन् । कार्यक्रममा चलचित्रमा अभिनय गर्ने कलाकारहरुले आ–आफ्नो भनाई राखेका थिए । ‘मैले ‘कागजपत्र’मा यसअघि अभिनय गरेका फिल्मभन्दा फरक भूमिका पाएको छु । फिल्मको कथावस्तु साह्रै नै राम्रो छ । म आफूले पाएको भूमिकालाई न्यायपूर्वक निर्वाहा गर्ने प्रयास गर्नेछु ।’, नाजिरले भने । साथै नायिका शिल्पाले आफुभन्दा धेरै अग्रहसँग एउटै चलचित्रमा काम गर्न पाउँदा आफुलाई भाग्यमानि ठानेको पनि बताइन् । साथै ‘कागजपत्र’ आफ्नो डेब्यू चलचित्र भएकोले पनि सबैको साथ र सहयोगको अपेक्षा राखेको बताइन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका बरिष्ट कलाकार सुनिल थापाले फिल्मको फस्टलुक पोष्टरको घुम्टो उघारेका थिए । भने कार्यक्रममा बोल्दै थापाले चलचित्रको लगानीको बिषयमा करोड मात्र भनेर निर्माणमा नलाग्न आग्रह गरेका थिए । ‘चलचित्र निर्माण गर्दा बजेटलाई अगाडि बढाएर हिडियो भने राम्रो हुँदैन । धेरै लगानी गर्दैमा चलचित्र राम्रो हुने होइन । चलचित्रको मेकिङमा बिशेष ध्यान दिनु आवश्यक छ ।’

चलचित्रलाई निर्देशक अपिल आँफैले लेखेका हुन् । चलचित्रको निर्मातामा भने खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकाटी रहेका छन् ।  संगीत सापकोटाको संगीत रहने चलचित्रमा अष्ट महर्जनको द्वन्द्व र अष्ट्रेलियन सिनेम्याटोग्राफर कासिमिर डिकसनको छायांकन रहनेछ । चलचित्रका कार्यकारी निर्माता बिशारद बस्नेत हुन् ।

- समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।