<pre><b>कार्तिक, काठमाडौं । </b></pre><p>गीतकार छिरिङ शेर्पा ‘अविरल’ को नयाँ गीति एल्बम ‘शुभकामना’ विमोचन गरिएको छ । राजधानीमा एक समारोहबीच साहित्यकार तुलसी दिवस, उषा शेरचन, कवि मञ्जुल, विप्लव ढकाल, गायक मिङ्मा शेर्पा संगीतकार दीपक जङ्गम, शिलाबहादुर मोक्तानलगायतले संयुक्त रुपमा एल्बम विमोचन गरेका हुन् । एल्बममा शुभकामना लगायत ९ वटा गीत समावेश छन् । विमोचन कार्यक्रममा एल्बममा रहेको एउटा गीतको म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो । पत्रकारिता र लेखन क्षेत्रमासमेत सक्रिय शेर्पाको गलजसङ्ग्रह ‘घुम्तीका व्यथा’ प्रकाशित छ ।<br></p><div><br></div>







२२ कार्तिक २०७४, बुधबार ०८:३६ 








