बोक्सी प्रथाको कथामा ‘अग्नीदहन’

कार्तिक, काठमाडौं ।

नेपाली समाजमा अझै पनि बोक्सी प्रथा केहि ठाउँहरुमा विद्यमान रहेको छ । बिस्तारै यो प्रथा हट्दै गइरहेको बेला बिभिन्न संघसंस्थाहरु लागी परिरहेका छन् । यसैबिच ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ले पनि बिगत लामो समयदेखी बोक्सी प्रथालाई निर्मुल पार्नका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसैबिच यसैसंस्थाको सहकार्यमा बिद्यमान बोक्सी प्रथालाई पुर्णरुपले निर्मुल पार्ने उद्देश्यले नेपाली कथानक चलचित्र ‘अग्नीदहन’ निर्माण भएको छ ।

बुधबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र युनिटले ‘फस्ट लुक पोस्टर’ र टिजर सार्वजनिक गरेको छ । जसमा बोक्सी प्रथालाई निर्मुल पार्नका लागी गरिएको प्रयासहरु पनि देखाइएको छ । ‘अग्नीदहन’लाई नेपालका त्यस्ता  जिल्लाहरु जहाँ बोक्सीको आरोपमा निर्दोष महिलाहरुलाई विभिन्न सजाय दिईन्छ ति जिल्लाहरुमा प्रदर्शन गरि जनचेतना जगाउने जानकारी दिइएको छ । कार्यक्रममा बोल्दै चलचित्रका संरक्षक भुवनेश्वर शर्मा पौडेलले अबको १५ बर्ष भित्र नेपालका सबै जिल्लाहरुमा बोक्सी प्रथालाई पूर्णरुपमा अन्त्य गर्ने उद्देश्य ‘मान्छे बोक्सी हुदैन कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ले लिएको बताए ।

सामाजिक सचेतानात्मक चलचित्र ‘अग्नीदहन’लाई ‘धौली’ जस्तो सन्देशमुलक चलचित्र निर्देशन गरिसकेका निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका हुन । चलचित्रको कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ  भने परिकल्पना  कोवितशरण उपाध्याय स्वयमकै रहेको छ  ।

नितान्त सामाजिक कथा बस्तुमा निर्माण गरिएको यो चलचित्रले समाजमा व्याप्त बोक्सी प्रथा उन्मुलनमा सहयोग गर्ने निर्माण पक्षको दावी रहेको छ । चलचित्रमा  बनेको चलचित्र एक संदेश मुलक चलचित्र रहेको जानकारी निर्माता कोवित शरण उपाध्यायले दिएका छन् । उनले ‘अग्नीदहन’  चलचित्रलाई नेपालका त्यस्ता  जिल्लाहरु जहाँ बोक्सीको आरोपमा निर्दोष महिलाहरुलाई विभिन्न सजाय दिईन्छ ति जिल्लाहरुमा प्रदर्शन गरि जनचेतना जगाउने जानकारी दिएका छन । कार्यक्रममा बोल्दै चलचित्रका संरक्षक भुवनेश्वर शर्मा पौडेलले अबको १५ बर्ष भित्र नेपालका सबै जिल्ला हरुमा बोक्सी प्रथालाई पूर्णरुपमा अन्त्य गर्ने उदेश्य ुमान्छे बोक्सी हुदैन कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले लिएको बताए ।

चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माउत्से गुरुड.,तुलसा क्षत्री ,प्रकाश घिमीरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा दिर्घ गुरुको छायांकन, जेशन कुवरको पाश्र्व संगित ,दीर्घ खड्काको सम्पादन तथा उत्तम न्यौपानेको ध्वनि मुद्रण रहेको छ भने पब्लिसिटी डिजाईनको पाटो महेश श्रेष्ठले सम्हालेका छन् ।