उत्कृष्ट ४० भित्र नीकिता

कार्तिक, काठमाडौं ।

मिस नेपाल २०१७ नीकिता चाण्डक ‘मिस वल्र्ड २०१७’ मा उत्कृष्ट ४० जना भित्र पर्न सफल भएकी छिन् । ‘हेड टु हेड च्यालेन्ज’को भोटको आधारमा विजेता भएसँगै उनी प्रतियोगिताको टप ४० मा पुग्न सफल भएको मिस वल्र्डको आधिकारिक वेबसाइटबाट जानकारी दिइएको छ । ‘हेड टु हेड च्यालेन्ज’मा विश्वभरका लागि भोटिङ समेत खुला गरिएको थियो । चाण्डकको च्यालेन्ज भिडियोले उनलाई ग्रुप ३ को विजेता बनायो ।

२० समुहमा विभाजन गरेर ‘हेड टु हेड च्यालेन्ज’ गराइएको थियो । जसमा युवतीहरुले आफ्नो उदेश्य प्रष्ट हुने गरी छायांकन गरेको भिडियो देखाउन पर्ने थियो। भिडियोको आधारमा दर्शकले मत दिन सक्ने थिए । ग्रुप १ देखि ८ सम्मको लागि भने अब भोटिङ बन्द भैसकेको छ । जसमा फ्रान्स, कोलम्बिया, इटाली, अर्जेन्टिना,  बङ्गलादेश, मकाउ र मंगोलियाका युवती छानिएका छन् । ११८ देशका सुन्दरीहरु सहभागी भएको सौन्दर्य प्रतियोगिताको फिनाले आउँदो १८ नोभेम्बरमा चाइनामा हुँदैछ ।