सधैं दुख पाउन चाहान्छुः हरिवंश आचार्य

गोपिकृष्ण चापागाईं /कार्तिक, काठमाडौं ।

सोमबार (कार्तिक २८) बरिष्ट हाँस्य कलाकार हरिवंश आचार्यले आफ्नो ६० औं जन्मदिन मनाए । नेपाली हाँस्यक्षेत्रका गुरु मानिने आचार्यबाटै प्ररित भएर नेपालमा थुप्रै हाँस्य कलाकारहरु जन्मिएका छन् । उनकै बाटो हुँदै आज सयौं हाँस्य कलाकारहरु देश तथा बिदेशसम्म दर्शक हँसाउनकै लागी पुगेको पाउँछौं । यसैबिच सोमबार उनको जन्मदिनमा पुगेका हाँस्यकलाकारहरुले उनलाई जन्मदिनको शुभकामना दिँदै उनीबाटै हाँस्यब्यंग्य सिक्दै अगाडि बढेको बताएका छन् । जन्मदिन सेलिब्रेशन कार्यक्रम भक्तपुरको बाल्कोटमा चलचित्र ‘शुत्र गते’ को सुटिङ सेटमै गरिएको थियो ।

महजोडीका हरिवंशको जन्मदिनमा ‘ह’ अर्थात हरिवंशले सधैंखुसी र सुखी रहनु भन्दै शुभकामना दिएका थिए । कलाकारिताका यतिलामो यात्रामा सधैं हँसिलो र मेहनती भएर अगाडि बढेको र अबका दिनमा पनि यस्तै देख्न पाउँभन्दै उनले शुभकामनाका शब्द दिएका थिए । त्यस्तै हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस्)ले पनि आँफु महजोडीकै कारण आज कलाकारिता क्षेत्रमा रहेको बताए । टेलिश्रृंखला ‘कान्तिपुर’ बाट हरिवंशको अभिनयबाट प्रेरित भएको धुर्मुसले बताएका थिए । साथै उनले हरिवंशले गरेको ‘क्यारेक्टर’ हरिवंशसँगकै परामर्शमा टेलिश्रृंखला ‘मेरिबास्सै’मा अभिनय गर्ने जमर्को गरेको पनि बताए । साथै कार्यक्रममा शिवहरी पौडेल, किरण केसी, राजाराम पौडेल लगायतका हाँस्य कलाकारहरुको उपस्थिती थियो । चलचित्र ‘शत्रु गते’ को तर्फबाट निर्देशक प्रदीप भ्टटराईले पनि हरिवंशलाई जन्मदिनको अवसरमा सधैं स्वस्थ र खुसी रहन आग्रह गरेका थिए । जन्मदिनमा रेडियो अडियो टीमको तर्फबाट केक काटीएको थियो ।

हरिवंशले जन्मदिन सेलिब्रेशन गरेपश्चात हिमालय टाइम्ससँग कुरा गर्दै आफुले सधैं दुख पाउन चाहेको बताए । दुख गरेकै कारण आज यो स्थानमा आएको र सबैको माया पाएकोले पनि उनले सुख नखोजेको बताए । ‘मैले कलाकारिताका लागी धेरै दुख गरेँ त्यसैले त आज दर्शकले धेरै मन पराइदिनुभएको छ । यदि सुख खोज्दै गएको भए कहाँ यो स्थान पाउन सक्थेँ र ।’, उनले भने । साथै उनले ६० औं जन्मदिन बाट अघिका दिनहरुमा पनि सधैं कलाकारितामै रमाइरहने बताए ।

हरिवंशले बिगतका दिनहरुमा ‘लालपूर्जा’, ‘१५ गते’, ‘दशैं’, ‘हरिबहादुर मदनबहादुर’ जस्ता दर्जनौ सम्झनलायक हाँस्य शृंखला तथा टेलिफिल्ममा काम गरेका छन् । साथै पछिल्लो समय हरिवंशले अभिनयसँगै पुस्तक लेखनलाई पनि बिशेष प्राथमिकता दिएका छन् ।  उनले पुस्तक ‘चिना हराएको मान्छे’ मार्फत आफ्नो जीवनलाई पछाडि फर्केर हेरेका छन् भने त्यसपश्चात ‘हरि बहादुर’ नामक पुस्तक केहि समय अघिमात्रै सार्वजनिक गरेका थिए ।

हरिवंशको सानो छँदाको कुरा सम्झिनु पर्दा उनले बाल्यकालमा संस्कृत बिषय पढेका थिए । आफ्नो बुवाकै इच्छा अनुसार उनले संस्कृत पढेका थिए । तर, उनले संस्कृत घोकिरहँदा उनका पिताको निधन भयो जुन बेला उनी जम्मा ६ बर्षको थिए । त्यसपछि उनलाई आमाले ठमेलको वेद वेदाङ्ग विद्यालयमा भर्ना गराइदिइन् । हरिवंशलाई ११ बर्षको उमेरमा पुनः अर्को बज्रपात पर्न पुग्यो । उनले आमा पनि गुमाउनु प¥यो ।  उनले २०५३ सालमा थर्ड डिभिजनमा एसएलसी उत्तिर्ण गरेका हुन् ।

हरिवंशले आफ्नै कमाई हुन थालेपछि हरिवंश भैरव नृत्य दलमा नाच्न सिक्न जान्थे । जितेन्द्र महत ‘अभिलाषी’कहाँ नाटक खेलाइदिनका लागि धाउथे । नाटक खेल्ने क्रममा उनले आफुलाई निखार्दै गए । त्यसबेला राजपरिवारका सदस्य नाटक हेर्न आउँथे । हरिवंशको अभिनयले उनीहरुको मन जितेको थियो । त्यही कारण हरिवंशले नाटकबाट पारिश्रमिक पनि पाउन थालेका थिए । उनले मीरा आचार्यसँग विवाह गरे उनको कोखबाट २ सन्तान त्रिलोक र मोहित जन्मिए । पछि हृदय रोगको कारण मीराको मृत्युभएपछि हरिवंशलाई निकै विचलित बनेका थिए । साथै हरिवंशले पारिवारिक र शुभेच्छुकको सुझावमा रमिला पाठकसँग बि.स. २०६९ सालमा दोस्रो विवाह गरे रमिला एकल महिला थिइन् ।

तस्बिरः निरज पन्थि / आर्टिष्ट खबर

- समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ