<pre><b>कार्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउदो माघ १९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शेरबहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजीत कार्यक्रमका बिच ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार मेनुका प्रधान , कर्मा र रविन्द्र झालाई फिचर गरिएको छ ।</p><p style="text-align: justify;">‘शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो । झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित चलचित्र होइन । सुनिल थापा, कर्मा , मेनुका प्रधान , रविन्द्र झा यस सिनेमाका मुख्य कलाकारहरु हुन् भने धिराज प्रोडक्सनमा बनेको यस चलचित्र सम्भवत नेपालको चलचित्र इतिहास मै पहिलो पटक सेट निर्माण गरेर ८० प्रतिशत सिनेमा खिचिएको हो । जुन सेट तयार गर्न मात्रै २५ लाख बढीको खर्च गरिएको छ । सेट तयार गरेर सिनेमा खिच्ने चलन हलिउड वा बलिउडमा निकै भए पनि नेपालमा एकदमै कम हुने गर्छ । जुन प्रयोग ‘शेरबहादुर ’ले गरेको छ । निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु , धिराज राजवंशी हुन् । माघ १९ गते रिलिज मिति तय गरेको यस सिनेमाले आज गीत रिलिज गरेको छ । कोशिस क्षेत्रीको शब्द संगीत र स्वर रहेको यस गीतमा मिना निरौलाले कोशीसलाई गीतमा साथ दिएको छ । </p><p style="text-align: justify;">यसै चलचित्राबाट पहिलो नेपाल भाषाको सिनेमा शिलु, गिती कथा गौथली, ऐतीहासिक सिनेमा प्रेमपिण्ड ,धार्मीक सिनेमा श्री स्वस्थानी जस्ता २ सय बढी सिनेमामा नृत्य निर्देशन गरेका बसन्त श्रेष्ठले लामो समय पछि यस सिनेमामा समावेश एउटै मात्र रहेको गीतमा कोरियोग्राफ गरेका छन् । जात्रा निर्देशक प्रदीप भट्टराईको सह निर्देशन रहेको सिनेमाका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् । </p><pre>video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/1hdduPEDBg4" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>