रहेनन् नेपालकै होचा कलाकार दिपेन शाह

कार्तिक ३०, काठमाडौं ।

नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान ७ बजेर ३० मिनेट जाँदा निधन भएको छ । दिपेनलाई तिनअघि देखी राजधानीको किष्ट अस्पतालमा भर्ना गरिएको थियो । बुधबार स्वास्थ्यमा समस्या बढ्यो भनेपछि आईसियुमा राखिएको र बिहान उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको बुझिएको छ ।

उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । यही कारणले उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो । अहिले १ः ४५ बाट चलचित्र बिकार्स बोर्ड प्रांगणमा उनको पार्थिव शरिरमा श्रृद्धाञ्जली दिनका लागी राखिने कलाकार महादेव त्रिपाठीले आर्टिष्ट खबरलाई जानकारी दिए ।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए । केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए ।

केहि महिना अघि आर्टिष्ट खबरसँगका कुराकानीमा दिपेनले आफ्नो उपचारका लागी सहयोग मागेका थिए । भिडियो ।

video: