‘छक्का पन्जा २’ले मनायो ५१ औ दिनको सेलिब्रेशन

मंसिर, काठमाडौं।

गएको असोज ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा २’ ले ५१ औं दिन मनाउन सफल भएको छ । नेपाली चलचित्रक्षेत्रमै बिभिन्न रेकर्ड कायम गर्दै आएको यो चलचित्रको टीमले नै गतबर्ष निर्माण गरेको चलचित्र ‘छक्का पन्जा’ ले १ सय दिन मनाएको थियो । अहिले पनि ‘छक्का पन्जा २’ काठमाण्डौको वीग मुभिज, गोपिकृष्ण, अष्टनारायण, गुण लगायतका हलमा प्रदर्शन भइरहेको छ ।

साथै चलचित्रले ५१ दिन मनाएको अवसरमा टीमले राजधानीमा सञ्चारकर्मि तथा केहि चलचित्रकर्मिहरुको माझ बिशेष कार्यक्रमको आयोजना गरेको थियो । चलचित्रका निर्माता  दिपकराज गिरीले चलचित्र रिलिज गर्न फलामको चिउरा चपाएजस्तै भएको बताएका छन् । उनले सुरुवातदेखि नै आफूहरुले विभिन्न शैलीमा आक्रमण झेलेको उनले फेसबुकमा लेखेका छन् ।

दीपकले लेखेका छन्–‘यसपटक हामीलाई फलामको चिउरा चपाए जस्तो पनि भयो । सुरुदेखि भिन्न भिन्न प्रकारको आक्रामणलाई झेल्दै आयौ । गीत विवाद, वितरकहरुको तानातान, केही प्रदर्शकहरुको अवरोध, आफ्नै क्षेत्रका जुधाईहरु ।’ तर, दर्शकको मायाले आफूहरु थुप्रै किर्तिमान राख्दै सफल हुन सकेको उनको भनाई छ । दीपकले चलचित्र ‘छक्का पन्जा’ भन्दा कमजोर रहेको पनि स्विकार गरेका छन् । उनले लेखेका छन्–‘यसको बिषयवस्तु पछिल्लो फिल्मको जस्तो सबैले वुझ्ने सरल थिएन, यूवा वर्गको विदेश मोहलाई उठाइएकाले पनि सबै बर्गलाई यसले आनन्दित तुल्याउन सकेन । चलचित्र मध्यान्तर अघि पूर्ण मनोरञ्जनात्मक बनेपनि त्यसपछि कथा बाचन शैली कठिन भयो ।’ तर, पनि दर्शक हलमा ओइरिएको भन्दै दीपकले आगामी दिनमा कमजोरीहरु हटाएर अघि बढ्ने प्रण गरेका छन् । दीपाश्री निरौला निर्दे्शित यो चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो समाचार हिमालयन राष्ट्रिय दैनिकमा प्रकाशित छ।