‘लभ एट पच्चिस’ सार्वजनिक, धुर्मुस सुन्तलीलाई अग्रिम रोयल्टी

मंसिर, काठमाडौं।

साहित्यकार अनल गौतमले बिहिबार काठमाडौंमा आफ्नो उपन्यास ‘लभ एट पच्चिस’ सार्वजनिक गरेका छन् । उपन्यासको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णुबिभु घिमिरे, प्रा.डा.कृष्ण दाहाल, कलाकार एवं समाजसेवी सिताराम कट्टेलले संयुक्त रुपमा लोर्कापण गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णुबिभु घिमिरेले उपन्यास अत्यन्त सरल एवं उत्कृष्ठ रहेको र पाठकको मन सजिलै तान्न सफल हुनेमा बिश्वास ब्यक्त गरे ।

जयकाली प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको उक्त उपन्यासको अग्रिम रोयल्टी रकम पचाँस हजार रुपैयाँ लेखक अनल गौतमले धुर्मुस सुन्तली फाउण्डेशनको लागि संस्थापक सिताराम कट्टेललाई हस्तान्तरण गरेका छन् । शुक्रबार देखि ‘यात्रा–लभ एट पच्चिस’ कार्यक्रम लिएर राजधानीका २५ वटा कलेजमा गएर बिद्यार्थीहरुसँग अन्तक्र्रिया कार्यक्रम गर्ने संयोजक आदर्श प्रधानले बताए । यस उपन्यासको बजार मूल्य ३५० रुपैंया राखिएको छ ।
यो समाचार हिमालयन राष्ट्रिय दैनिकमा प्रकाशित छ।