युट्युबमा आयो ‘लुट २’, पाइरेसी गर्ने पक्राउ (फिल्म)

...

<pre><b>मंसिर, काठमाडौं।&nbsp;</b></pre><p>गत वर्ष रिलिज भएको हिट चलचित्र ‘लुट २’ अब युट्युबमा पनि आएको छ।&nbsp; केहीदिन अघि फेसबुकमार्फत पूरै चलचित्र लिक भएपछि डिजिटल तथा अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार प्राप्त संस्था हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलमार्फत शुक्रवार साँझ ‘लुट २’ रिलिज गरेको हो ।&nbsp;</p><p>यसका साथै फेसबुकमा चलचित्र लिक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा जिल्ला स्थायी घर भई हाल काठमाडौंको चाबहिलमा बस्दै आएका ३७ वर्षिय रामनाथ सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । यो सँगै उनि विरुद्ध प्रतिलिपी अधिकार उल्लंघन कानुन अन्तर्गत मुद्दा दर्ता भएको छ । सुनुवार विरुद्ध निर्माता माधव वाग्लेसँगै हाइलाइट्स नेपाल र नेट टिभीको तर्फबाट ३० लाख क्षतीपुर्ती दाबी सहित जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको छ ।&nbsp;</p><p>&nbsp;<iframe frameborder="0" src="//www.youtube.com/embed/7uVU6QAvgG8" width="640" height="360" class="note-video-clip"></iframe></p><p>&nbsp;</p>