युट्युबमा हिट बन्दै ‘लुट २’

...

<pre><b>मंसिर ३, काठमाडौं ।</b></pre><p>निश्चल बस्नेतको निर्देशन तथा माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माण रहेको चलचित्र ‘लुट २’ युट्युबमा रिलिज भएसँगै हिट भएको छ । शुक्रबार सार्वजनिक भएको यो सिनेमा अहिले युट्युब नेपाली संस्करणको ट्रेण्डिङ नम्बर एकमा परेको छ भने यो समाचार तयार पार्दासम्म १२ लाख २२ हजार भन्दा धेरै पटक हेरिएको छ । सिनेमामा दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, सौगात मल्ल, कर्मा शाक्य, एलिशा राई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।</p><p>कार्तिकको अन्तिम तिर यो सिनेमा पाईरेसीको चपेटामा परेको थियो । सामाजिक सञ्जाल फेसबुकबाट सिनेमा लिक भएपछि निर्माण पक्ष तनावमा थियो । यहि कारण पनि युट्युबमा छिटो अपलोडगरेको बुझिएको छ । युट्युब च्यानल हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको यस सिनेमालाई निर्देशक बस्नेतले नै लेखेका हुन् ।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/7uVU6QAvgG8" width="640" height="360" class="note-video-clip"></iframe><br></p>