<pre style="text-align: justify; "><b>मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउदो पुस २८ गते रिलिज हुने सिनेमा ‘मिस्टर झोले’ले आफ्नो प्रचार–प्रसार थालेको छ । प्रचारको लागि यसले कभर भिडियो कम्पिटिसन अगाडी सारेको छ । केहि समय अगाडी रिलिज ‘ओखती…’ बोलको गीतलाई डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आव्हान गरिएको छ ।</p><p style="text-align: justify; ">पुष २३ गते ९जनवरी ७०मा विजेता घोषणा हुने प्रतिस्पर्धाको लागि आजै देखि कभर भिडियो स्पर्धा सुरु भएको छ । अब जो कोहि इच्छुकले कभर भिडियो बनाई पुष २१ गते ९जनवरी ५० सम्म मा मेल गरेर भाग लिन सकिनेछ ।</p><p style="text-align: justify; ">यो प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगत पुरस्कार जित्नेछन् । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।</p><p style="text-align: justify; ">रामबाबु गुरुङको कथारनिर्देशन रहेको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको सिनेमामा रवी न्यौपानेको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ ।</p>