‘बाँध मायाले’मा आर्यन र श्रृष्टीको जोडी

मंसिर, काठमाडौं।

पूर्वमिस नेपाल तथा नायिका श्रृष्टि श्रेष्ठ चलचित्र ‘बाँधमायाले’मा अनुबन्धित भएकी छन् । उनलाई यो चलचित्रमा आर्यन अधिकारीको जोडीको रुपमा प्रस्तुत गर्न लागिएको हो ।

केही चलचित्रको असफलता पछि अलिसमय सुस्ताएका निर्देशक सबिर श्रेष्ठले  आर्यन र श्रृष्टीलाई लिएर चलचित्र ‘बाँधमायाले’ निर्देशन गर्न लागेका हुन् ।यसै साताबाट छायाँकन गर्ने भनिएको चलचित्र नवलपरासीबाट सुरु हुने निर्माण युनिटले जनाएको छ ।लेखक समेत रहेका निर्देशक श्रेष्ठले बाँधमायालेलाई आफ्नो ड्रिम प्रोजेक्ट भनेका छन् । उनले चलचित्र लभ स्टोरी बिषयमा बन्ने बताए । काईट्स ईन्टरटेन्मेन्ट प्रा।लिको प्रस्तुित रहने बाँधमायालेका निर्माता रामहरी धिताल र बिभिसीका श्रेष्ठ हुन् । सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार प्रसाद धिताल रहेका छन् । बाबु श्रेष्ठको छायाँकन रहने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । कोरियोग्राफी कविराजगहतराज र रामजी लामिछाने ले गर्नेछन् ।

चलचित्रमा आर्यन र श्रृष्टिको अलवा राजाराम पौडेल, विशाल चाम्लिङको समेत अभिनय रहनेछ । नव प्रस्तुतीको रुपमा किशोर खड्का रहनेछिन् ।