<pre><b>मङ्सिर ७,काठमाडौं।</b></pre><p> बलिउड एक्ट्रेस कंगना रनावत हालै आगामि फिल्मको सुटिंगको क्रममा घाइते भएकी छिन्। फिल्म ‘मणिकर्णिका’को सेटमा घोडाबाट लडेर उनी घाइते भएकी हुन्। बताइएअनुसार घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने दृष्यमा अभिनय गर्ने क्रममा उनी लडेर घाइते भएकी थिइन् ।उनले केही दिन अब ह्वील चेयरको सहारामा मात्रै हिडडुल गर्नुपर्ने बताइएको छ । उनी दुर्घटनामा परे लगत्तै उपचारको लागि गोयल अस्पताल लगिएको थियो । उनको उपचारमा संलग्न डक्टरका अनुसार कंगनाले केही दिन आराम गर्नुपर्ने छ । एजेन्सी</p>