फेरी हलमा ‘सेतो सूर्य’

मंसिर, काठमाडौं ।

थुप्रै अन्तराष्ट्रिय अवार्ड समेत जितेको चलचित्र ‘सेतो सूर्य’ पुनः नेपाल प्रदर्शन हुने भएको छ । अस्करको विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको लागि प्रतिस्पर्धा गरिरहेको चलचित्र काठमाडौंका मल्टिप्लेक्सहरुमा देखाइने भएको हो ।

डिसेम्बर ८ अर्थात मङ्सिर २२ गते देखाइने निर्देशक दीपक रौनियारले ट्विट मार्फत जानकारी दिएका छन् । अस्कर नजिकिंदै गर्दा दीपक रौनियार लगायत फिल्म युनिटले नेपाल साथै विदेशमा पनि प्रचार प्रसार तिब्र पारेको छ ।सेतो सूर्य ७० भन्दा बढी फिल्म महोत्सवहरुमा प्रदर्शन भैसकेको छ ।

८८ मिनेट लामो चलचित्र सेतो सूर्यले फ्रिवर्ग फिल्म अवार्डमा मात्र ४ विधामा अवार्ड हात पारेको थियो । यस्तै पाल्म स्प्रिङ फिल्म महोत्सवमा ग्रान्ड जुरी अवार्ड, भेनिस फिल्म फेस्टिभलमा इन्टरफिल्म र बेस्ट गरी दुई अवार्ड र सिंगापूर फिल्म फेस्टिभलमा बेस्ट एसियन फिल्म अवार्ड हात पारेको थियो ।

सेतो सूर्यको सहभागिता रहने ९०औं संस्करणको अस्कर २०१७ को ११ सेप्टेम्बरमा सुरु भएर सन् २०१८ को ४ मार्चमा सक्किनेछ ।  सन् २०१६ मा प्रदर्शन भएको सेतो सूर्यलाई दीपक रौनियारले लेखन तथा निर्देशन गरेका हुन् । सोसियो पोलिटिकल ड्राममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ, आशा मगराती, अमृत परियार, सुमी मल्ल लगायतको अभिनय रहेको छ ।