नाटक महादानः विवाह सारेर भोट हाल्दै मतदाता

मंसिर, काठमाडौं।

गाउँमा आगामी २१ मँसिरमा विवाहको तयारी हुन्छ । बेहुलाको बुबा सुपाडी र निम्ता बाँढ्न हिड्छन् । तर बिहेमा कोही पनि आउन नभ्याउने बताउँछन् । बाजा बजाउने मानिस, गाडीका चालक, जन्ती, पत्रे, आफन्त, छिमेकी सबैले विहेमा नआउने बताएपछि बेहुलाका बाउ शँकटमा पर्छन । त्यही दिन प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनको दिन हुन्छ । अन्त्यमा बहुलाको आग्रहमा बेहुलाको बाउले विवाह सार्छन । बाउ, छोरा, हुनेबाला बुहारी, सम्धी सबै भएर २१ मँसिरमा हुने निर्वाचनमा कसरी मतदान गर्ने भनेर टोलीबासीलाई नमुना मतपत्र देखाउँदै मतदान सिकाउँछन् ।

दोस्रो चरणको निर्वाचनको लागि ८ मँसिरबाट ४५ जिल्लामा सडक नाटक महादानको मञ्चन सुरु भएको छ । सो नाटकमका विभिन्न कथा मध्य एउटा कथाको अँश हो यो । नाटक हेर्दा रमाईलो मान्दै दर्शहले मतदान गर्ने कला सिकिरेका छन् । यसै पटकबाट मतदानमा सहभागी हुने नयाँ मतदानका लागि यो नाटक अझ शिक्षा उपयोगी बनेको सम्बन्धित नाट्य टोलीहरुले बताएका छन् ।

नाटक महादानको भाषा

सडक नाटक महादान सोमबार ११ मँसिरमा मुलुकका सात ओटै प्रदेशमा मञ्चन भए । जस मध्य प्रदेश १ मा नेपाली र राई भाषा, प्रदेश २ मा मैथली, थारु (सप्तरी) र भोजपुरीमा, प्रदेश ३ मा नेपाली र तामाङ, प्रदेश ४ मा नेपाली र गुरुङ, प्रदेश ५ मा नेपाली र मगर, प्रदेश ६ मा नेपाली र अबधी, प्रदेश ७ मा खस भाषामा महादान मञ्चन भएको छ । स्थानीय तहमा दर्शकलाई नाटकमा रम्दै आफ्नै भाषामा मतदान सही रुपमा गर्न सजिलो होस भनेर स्थानीय भाषामा मञ्चन गरेको सम्बन्धित नाट्यकर्मीहरुले बताएका छन् । यतीबेला दुई दर्जन नाट्यटोली सडक नाटक महादानबाट मतदाता शिक्षा दिन सम्बन्धित जिल्लामा पुगेका छन् ।

सांस्कृतिक संस्थानको संयोजन र आरोहण गुरुकुलको सहकार्यमा प्रस्तुत हुँदै आएको निर्वाचन शिक्षा नाटक महादान सोमबार पनि देशको ४५ जिल्लामा मञ्चन भए । यसअन्तर्गत प्रदेश १ को इलाम, धनकुटामा चेतना नाट्य समुह र झोराहाट नाट्यसमुहले बेग्ला बेग्लै स्थानमा नाटक प्रदर्शन गरेको छ । चेतना नाट्य समुहले इलामको माइनगरपालिकाको चिसापानी बजार, चुलाचुलि गाउँपालिकाको चुलाचुलि बजारमा महादान मञ्चन गर्दा झोराहाट नाट्य समुहले पनि धनकुटास्थित धनकुटा नगरपालिकाको हिले, पाख्रिबास नगरपालिकाको पाख्रिबास, छथर जोरपाटी गाउँपालिकाको सिन्धुवामा नाटक मञ्चन गर्न सफल भयो ।

प्रदेश २को सम्तरीमा खटिएको बिराट मैथील नाट्यकला परिषदले पनि सोमबार पाँच स्थानमा नाटक देखाएको छ । सप्तरीको राजबिराज नगरपालिकाको गजेन्द्र चोक, बिष्णुपुर नगरपालिकाको नहरचोक, छिन्नपस्ता गाउँपालिकाको सुखडा, बेल्हिचपना गाउँपालिकाको मलेखपुर चोक र डाक्नेस्वरी नगरपालिकाको पत्थरगोडामा नाटक मञ्चन भएको परिषदका निर्देशक रामभजनकामतले जानकारी दिए । यि स्थानमा स्थानिय भाषामा नाटक देखाउँदा दर्शकको उल्लेखनिय सहभागीता रहेको कामतले बताए ।

त्यस्तै प्रदेश २ कै सल्लाहीमा आरोहण गुरुकुल समुहले बागमती नगरपालिकाको धरहरा चोक र हरिवन नगरपालिकाको रहिवन बजारमा सोमबार नाटक महादान मञ्चन गरेको छ । मदेशी समुदायको बाहुल्य रहेको यि स्थानमा नेपाली भाषामै नाटक देखाउदा पनि स्थानियले चासो दिएर रोचक पुर्वक हेरेको आरोहण गुरुकुलका निर्देशक दीपेस भण्डारीले जानकारी दिए ।

यस्तै प्रदेश २ मै क्रियासिल गढिमाइ नाट्य समहुले पनि पर्सा जिल्लाको पोखरीया नगरपालिकाको सत्बरिया, कालिकामाइ गाउँपालिकाको मुरली गाउँ, धोबिनी गाउँपालिकाको लङ्गीबजार र सिपहरा गाउँपालिकामा नाटक प्रदर्शन गगरेको छ । यि स्थानमा स्थानिय भाषामा नाटक देखाउँदा दर्शकले नाचगान गर्दै साथ दिएको समुहका निर्देशन रामलोचनले बताए ।

त्यस्तै प्रदेश २ को महोतरीका पाँच स्थानमा लोकसंचार नाट्य समुहले नाटक मञ्चन गरेको छ । समुहकी निर्देशक प्रियंकाका अनुसार लोहकट्टी नगरपालिकाको लोहकाट्टी बजार, पिप्रा गाउँपालिकाको पिप्रा बजार, महोतरी गाउँपालिकाको महोतरी गाउ, जलेस्वर नगरपालिकाको जलेस्वर बजार र मतिहानी नगरपालिकाको मतिहानी बजारमा नाटक महादान देखाइएको छ ।

त्यस्तै प्रदेश ४मा पर्ने ललितपुरमा रमेश केसी मट्टारेले नेतृत्व गरेको संस्कृतीक संस्थानको नाट्य समुहले बागमती गाउँपालिकाको भट्टे डाडा, महाकाल गाउँपालिकाको गोटीखेल र कन्ज्योसेम गाउँपालिकाको चौघरेमा  नाटक महादान देखाएको छ । नाटक हेर्न प्रत्येक स्थानमा तीन सय बढी दर्शकको उपस्थिती रहेको निर्देशक मट्टारेले जानकारी दिए ।

यस्तै प्रदेश ४ कै काठमाडौमा पनि आकाश थापा निर्देशक रहेको संस्कृती संस्थाको अर्काे नाट्य टोलीले बिभिन्न स्थानमा नाटक महादान देखाए सफल रहेको छ । थापाका अनुसार तारकेस्वर नगरपालिकाको नागपोखरी बजार, नागर्जुन नगरपालिकाको कारखाना चोक र चन्द्रागिरी नगरपालिकाको बलम्बु बजार र किर्तिपुर नगरपालिकाको किर्तिपुर बजारमा नाटक प्रदर्शन भयो ।

प्रदेश ४कै पर्वतमा सिड नेपाल समुहले दिहादी गाउँपालिकाको बाच्छादुर्गाङ र पैयुँ गाउँपालिकाको ह्वादमा नाटक मञ्चन गरेको छ । यि दुई स्थानमा नाटक हेर्न सातसय भन्दा बढी दर्शक आएको समुहका निर्देशक डम्बर गिरीले बताए ।

यस्तै प्रदेश ६ मा पर्ने सल्यान र दैलेखमा पनि सोमबार नाटक महादान मञ्चन गरियो । सल्यानमा खटिएको नाट्य टोली शाारदाकुमार नाट्य समुहले बागढकुपिन्डे नगरपालिकाको जयतपान बजार, कालिमाटी गाउँपालिकाको पोखरा बजार, सारदा नगरपालिकाको खलङ्गा बजारमा नाटक प्रदर्शन गरिएको समुहका निर्देशक नरेन्द्र वलीले जानकारी दिए ।

यस्तै दैलेखमा पुगेको आरंग नाट्य समुहले गुरास गाउँपालिकाको घोडाबास, डुग्गेस्वर गाउँपालिकाको डुङ्गेस्वर बजार नारायण नगरपालिकाको दैलेख बजारमा नाटक महादान देखाएको छ । नाटक हेर्न आएका दर्शकले नाटकबाट सिकेको कुरा अरुलाई पनि सिकाउने बताएको नाट्या टोलीका निर्देशक गणेश गौतमले बताए ।

प्रदेश ६ कै बाँकेको नेपालगञ्ज उपनगरपालिकाको राँगा, कोहलपुर नगरपालिकाको निबुवा र बाँसगढी नगरपालिकाको बाँसगढी बजारमा सोमबार नाटक प्रदर्शन गरिएको दियालो परिवार नाट्य टोलीका प्रमुख सन्तकुमार बिस्वकर्माले जानकारी दिए ।

त्यस्तै प्रदेश ७ को अछाम र कैलाली गरि सोमबार पाँच स्थानमा नाटक महादान मञ्चन गरियो । अछामको साफेबगर नगरपालिकाको साफेबजार र मंगलसेन नगरपालीकाको बस्ती भन्ने ठाँउमा नाटक देखाइएको सुप सांस्कृतीक मञ्चका निर्देशक अनिल रिजालले जानकारी दिए । अनिलकै टोलीले कैलालीको चुहानगरपालिकाको लम्की, घोडाघोडी नगरपालिकाको सुखद र बडगोरिया नगरपालिकाको बउनिया बजारमा नाटक देखाएको छ ।