‘कोशेली’ फष्टलुक सार्वजनिक

...

<pre style="text-align: justify; "><b>मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘कोशेली’ले प्रदर्शन मिति तय गर्दै पहिलो पोष्टर सार्वजनिक गरेको छ । आउँदो पुस ७ गतेबाट प्रदर्शन हुने चलचित्र टीमले जानकारी दिएको छ । प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको फिल्मको दुई पोष्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । फष्टलुकमा फिल्मका कलाकारहरुलाई प्रमुख स्थान दिइएको छ ।</p><p style="text-align: justify; ">मनोज खत्रीको लेखन तथा निर्देशन रहेको फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय छ । चलचित्रका निर्देशक मनोजले अहिलेको पुस्ताले मनपराउने खालको समय सामयिक कथालाई फिल्ममा देखाइएको बताए । ‘फिल्मले अहिलेको पुस्ताको प्रेमकथालाई समेटेको छ, आम दर्शकका लागि चलचित्र रुचीकर हुनेछ ।’ उनले भने । चलचित्रका अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन छ । भोले बाबा फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् ।</p><p style="text-align: justify; "><br></p>