प्रेमकथामा बन्ने भयो ‘यो माया कस्तो माया’

मंसिर, काठमाडौं ।

प्रेमकथा र पारिवारिक बिषयवस्तुमा आधारित रहि चलचित्र ‘यो माया कस्तो माया’ निर्माण हुने भएको छ । भुषण आनन्द ठकुरीको निर्देशनमा बन्ने यो चलचित्रमा दिवस धिताल, सभ्यता गिरी र रितु पौडेलको मुख्य भूमिका रहने बताइएको छ ।

राजधानीमा मंगलबार आयोजीत एक कार्यक्रममा चलचित्रको औपचारिक घोषणा गरिएको हो । किसान पोखरेलको प्रस्तुतीमा एस.के.एन.सिनेमा प्रा.लि. ले निर्माण गर्ने यो चलचत्रिमा भुषणकै कथा रहनेछ । साथै कर्ण थापा चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रलाई दिब्य सुवेदीले खिच्नेछन् ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ भने गीतमा डा. कृष्णहरी बराल र अर्जुनले नै शब्द लेख्नेछन् । साथै अन्जु पन्त, फिरोज बस्नेत र सुभानी मोक्तानको स्वर रहनेछ । चलचित्रमा दिवस, सभ्यता र रितुको साथमा रबिन्द्र खड्का, सुन्दर श्रेष्ठ, शंकरलाल श्रेष्ठ, तिनु कोइराला, अनिता तामाङ लगायतको अभिनय रहने छ ।