‘हैरान’मा ‘ह्यान्डसम भिलेन’ को भुमिकामा कराँतेका खेलाडी वसिम

मंसिर१४ ,काठमान्डौँ ।

पछिल्लो समय फिल्म ऐश्वर्य मार्फत भिलेनको रुपमा प्रशान्त ताम्राकारले चर्चा पाएपछि निर्माता निर्देशक एन्टागोनिस्ट फोकसमा पनि लागेका छन । फिल्मको प्रोटोगोनिस्टलाई अवरोध उतपन्न गर्ने एन्टागोनिस्ट सशक्त हुन् उत्तिकै आवस्यक छ । यसैले गर्दा पनि फिल्म ’हैरान’ युनिटले एन्टागोनिस्टलाई अगाडी ल्याएका छन् ।

करातेको समेत खेलाडी रहेका एमडी वसिम राजाले फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन् । फिल्मका निर्माता तथा कलाकार गजित बिष्टको समेत खेलाडी गुरु रहेका वसिमको कामको चर्चा युनिटले गर्न थालेका छन् । ’उहाको अभिनयले हामी सबैलाई प्रभावित बनाएको छ’ गजित भन्छन’ हामी झैँ दर्शकले पनि वसिम दाईलाई रुचाउनु हुन्छ भन्नेमा ढुक्क छौ ।’ फिल्मलाई गजितकै छोरा सौगात विष्टले निर्देशन गरेका छन् ।

विश्कै कान्छा निर्देशकसंग काम गर्दा आफुलाई पनि रमाइलो लागेको वसिम बताउछन् । ’नेपाली फिल्ममा पहिलो काम हो’ वसिम भन्छन ’यहाँ कलाकार र प्राविधिकले गर्ने मेहनतको सम्मान गर्छु ।’ उनि नेपालीमै बोल्छन । फिल्ममा गजित र वसिमसंगै सत्य राज आचार्य , निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी लगायतको अभिनय रहेको छ । डबिङको अन्तिम चरणमा रहेको फिल्मलाई आउदो बैशाखमा रिलिज गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ ।

वसिम राजा भन्छन: नेपाली फिल्ममा काम गर्दा रमाइलो अनुभव भयो । केहि साउथको फिल्ममा काम गरेको अनुभव थियो मलाइ र डबिङ पनि आफैले नेपाली मै गरेको छु । मैले पाएको भूमिकालाई न्याय गर्ने प्रयास गरेको छु , कामको मुल्यांकन त आउदा दिनले गर्नेछ । फिल्ममा नेगेटिभ क्यारेक्टरको रुपमा देखिनेछु ।