‘जय श्री दाम’ बन्ने

मंसिर, काठमाडौं ।

कमेडी जनरामा चलचित्र ‘जय श्री दाम’ बन्ने भएको छ । बिहिबार चलचित्रको औपचारिक घोषणा गर्दै चलचित्र युनिटले कलाकारहरुको नाम पनि सार्वजनिक गरेको छ ।  अमृत ढुंगाना, जेबिका कार्की, प्रमोद अग्रहरी, बिनोद न्यौपाने, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।

मंकी टेम्पल, नेशनल मिडिया र सापकोटा जेआर प्रोडक्सनको संयुक्त ब्यानरमा बन्ने ‘जय श्रीदाम’लाई विप्लप उप्रेतीले निर्देशन गर्दैछन् । नवराज उप्रेतीले खिच्ने चलचित्रमा मित्र गुरुङको सम्पादन रहनेछ । चलचित्रको पुस महिनाबाट छायांकन शुरु हुने जानकारी दिइएको छ ।