‘कालो आकाश’ सार्वजनिक

मंसिर, काठमाडौं ।

उपन्यास ‘कालो आकाश’ सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा उपन्यासकार इक्साहाङ चेम्जोङले आफ्नो दोस्रो उपन्यासको रुपमा ‘कालो आकाश’लाई सार्वजनिक गरेका हुन् । सार्वजनिक समारोहमा लेखक तथा टिप्पणीकार युग पाठक, कवि बिमला तुम्खेवा साहित्यकार तथा पत्रकार चेतनाथ धमला र एनआरएन मलेसियाका महासचिव सुन्दर आलेले सयुक्त रुपमा उपन्यास विमोचन गरेका हुन् ।

बिमोचन समारोहमा पाठकले उपन्यासले चेम्जोङले लिम्बू समुदायको काँचो माटोलाई उतारेको बताए । त्यसैगरी कवि तुम्खेवाले लिम्बू समुदाय भित्रका यावत सुख–दुःखलाई उपन्यासमा मिहिन र गहन ढङ्गले बुनिएको बताइन् ।

२ सय मूल्य राखिएको १ सय ४३ पृष्ठ समाविष्ट यस उपन्यास बिक्रीबाट प्राप्त सम्पूर्ण रकम वृद्धा आश्रय घरलाई प्रदान गरिने काङ्सोरे मिडिया प्रालिका मिलन लिम्बूले बताए । यसअघि ‘अनर्थ प्रेम’ उपन्यास लेखिसकेका चेम्जोङको यस दोस्रो उपन्यास काङ्सोरे मिडियम प्रालिले प्रकाशन गरेको हो ।