१० औं बर्षमा धुर्मुस–सुन्तली यात्रा

मंसिर, काठमाडौं ।

नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रमा फरक पहिचान बनाएर अगाडि बढेको जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले वैवाहिक जीवनको १० औं बर्ष मनाएका छन् । कलाकारिताले नै बि.स. २०६५ को मंसिर १४ गते एक बनाइदिएको यो जोडीले रौतहटमा पुगि आफ्नो ‘एनिभर्सरी’ मनाएका हुन् ।

दशौं बर्षको दौरानमा हाँस्य कलाकार सँगै समाजसेवीको छबि बनाइसकेका यी दुई कलाकारले आफुहरुले निर्माण गरिरहेको रौतहटको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु संगैं खुसी साटेका छन् । देशका बिभिन्न ठाउँमा पुगि दुखी असाहायको घाउमा मल्हम लगाउदै हिडेका धुर्मुस–सुन्तलीले अहिले सन्तपुरका बाढी पिडितहरुलाई घर निर्माण गरिरहेका छन् ।

रौतहटका सन्तपुरबासीसँग आफ्नो जन्मदिन मनाएका धुर्मुस् भन्छन्, ‘आजको दिन हर्षोल्लासका साथ बित्यो । हामीलाई नेपाली जनताले जुन खुसी दिनुभएको छ त्यो कहिल्यै भुल्न सक्दैनौं ।’ धुर्मुसले वैवाहिक जीवनको नवौं बाट दशौं बर्षमा प्रवेश गरेका अवसरमा सन्तपुर बस्तीमा काम गरिरहेका २ सय ६१ जना कामदारसँग बिहिबार बिहानै ६ बजेर १५ मिनेट जाँदा भेटघाट गरेर खुसीयाली साटेको बताए । ‘मलाई जहिले पनि आफ्नो बिशेष दिन दुखमा परेका जनताहरुसँग बसेर मनाउन मन लाग्छ जसले गर्दा उहाँहरुलाई जीवनमा केहि गरौं भन्ने सोँच आवस् , त्यसैले पनि आजको हाम्रो बिशेष दिन  मनाउन सन्तपुर बस्तीमै आएका हौं ।’, धुर्मुसले  टेलिफोनमा कुरागर्दै भने ।

आफ्नो जीवनमा कुञ्जना घिमिरे नआइदिएको भए यति धेरै सफलता नमिल्ने धुर्मुस बताउँछन् । ‘मेरो जीवनको सफलता भनेको कुञ्जना हो, यदि उनी मेरो जीवनमा नआएको भए मैले यति धेरै सफलता पाउन सक्दैनथेँ । एउटै बिचार  र मन भएकाले पनि आज हामी यहाँसम्म पुग्न सफल भयौं । त्यसका लागी कुञ्जनालाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।’, धुर्मुसले भने । साथै उनले वैवाहिक जीवन सफल हुन र जीवनमा राम्रो काम गर्न जीवनसाथीको बिचार  राम्रो हुनुपर्ने भन्दै कुञ्जनामा त्यो पुगेको बताए । ‘दुई जनाको सोचाई एउटै हुनु सबैभन्दा ठुलो कुरा रहेछ, ममा भन्दा धेरे राम्रो बिचार उनमा छ त्यसैले पनि हामी सधैं राम्रो काम गरेर अगाढि बढ्न सकेका हौं जस्तो लाग्छ ।’, धुर्मुसले थपे ।

धुर्मुस सुन्तली फाउण्डेशन मार्फत यो जोडीले काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीमा एकिकृत नमुना बस्ती निर्माण गरिसकेका छन् भने अहिले उनीहरुले रौतहटमा फाउण्डेशनको चौथो प्रोजेक्टको रुपमा काम गरिरहेका छन् ।

यसै खुसीयालीको अवसरमा धुुर्मुस सुन्तलीले ‘म जुन दिन देखी’ बोलको गीतको भिडियो रिलिज गरेका हुन् । धुर्मुस सुन्तलीको प्रेम सम्बन्ध बोलेको उक्त गीतमा धुर्मुस सुन्तलीनै फिचरिङ्ग छन् । पप्पा र नवराज उप्रेतिले खिचेको उक्त भिडियोमा हरिष निरौंला(कक्रोज) को कोरियोग्राफी रहेको छ । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने धुर्मुस सुन्तली आफैंले निर्देशन गरेका हुन् । कतारमा समेत छांयाकन गरिएको उक्त भिडियोमा माया प्रेमको रोमान्स देखाईएको छ । गीतमा दिनेश थपलियाको शब्द, अर्जुन पोखरेलको संगीत छ भनेराजेश पायल राई र अन्जु पन्तले आवाज दिएका छन् ।

यो सामाग्री हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।