<pre style="text-align: justify; "><b>मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्रको नामकै कारण २ बर्ष भन्दा बढी झमेला झेल्नुपरेको चलचित्र ‘गाँजाबाजा’ले रिलिज डेट तय गरेको छ । ‘गाँजाबाजा’ नाम कानुनी रुपमा राख्न नपाइने भनेर चलचित्र विकास बोडैले स्विकृत नदिएपछि चलचित्र युनिटले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । अदालतको यो बिषयमा तिमि पछि सारिरहँदा चलचित्र युनिटले भने आउँदो फागुन २५ लाई आफ्नो रिलिज मिति बताएको छ । </p><p style="text-align: justify; ">कार्तिक २७ गते रहेको पेशी फेरी पुस सम्मका लागि सरेको छ । निर्देशक एवं निर्माता समेत रहेका गणेशदेव पाण्डेका अनुसार चलचित्र विकास बोर्ड सकारात्मक रहेकोले फिल्मको रिलिज डेट तय भएको हो । दुई बेरोजगार युवाको कथा रहेको फिल्म नामकै कारण रिलिज हुन् नसकेको हो । निर्देशक पाण्डेले चलचित्र विकास बोर्डको विरुद्ध वैशाख २७ गते रिट दायर गरेका थिए ।</p><pre style="text-align: justify; "><i>video interview with director Ganesh dev Pandey</i>
<iframe frameborder="0" src="//www.youtube.com/embed/FlBRNdMItgk" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>