इन्टरनेटमा धेरै खोजिनेमा परिन् सन्नी, आखिर सन्नीलाई किन खोजिन्छ यति धेरै ?

मंसिर, काठमाडौं ।
भारतीय अभिनेत्री सन्नी लियोनीले पछिल्लो समय अभिनय गरेका चलचित्रले त बलिउडमा खासै कमाल गर्न सकेका छैनन् । तर उनी जुन परिपेक्षबाट आइन् त्यसैका कारण अहिले पनि उनी त्यतिकै रुपमा चर्चित छिन् । पोर्नस्टार बनेर अभिनेत्री बनेकी सन्नीलाई पोर्नस्टार भएकै कारण अझैपनि चर्चामा आउन सजिलो भएको छ । सन्नीले अहिले पनि पोर्नको दुनियाबाट टाढारहेको बताउँदै आएकी छिन् । सन्नीको पछिल्लो चलचित्र ‘तेरा इन्तजार’ अहिले चलचित्रहलहरुमा लागिरिहेको छ । यो चलचित्र गएको शुक्रबारबाट रिलिज भएको हो भने नेपाली चलचित्र हलहरुमा पनि प्रदर्शन भइरहेको छ । चलचित्रले राम्रो ब्यापार नगरेपछि उनका फ्यानका लागी भने अर्को खुसीको कुरा सार्वजनिक भएको छ ।

सन्नी यस वर्ष अनलाइन प्लेटर्फममा सबैभन्दा बढि खोजि गरिएकी भारतीय अभिनेत्री बनेकी छिन् । उनले प्रियंका चोपडा, दिपिका पादुकोण, करिना कपुरजस्ता ठूला हिरोइनहरुलाई पछाडि पारिन् । अत्यधिक खोजी गरिएका अभिनेत्रीहरुको सुचीमा कैटरिना कैफ, ईशा गुप्ता, दिशा पटानी र ममता कुलकर्णी जस्ता नामहरु पनि छन् । यस्तै पुरुषतर्फको क्याटगोरीमा दिवंगत विनोद खन्नाको नाम सबैभन्दा माथि छ । दोस्रो स्थानमा छन् कपिल शर्मा । लिस्टमा सलमान खान र रजनीकान्त जस्ता स्टारहरु निकै पछाडि छन् ।

किन खोजिन्छ सन्नीलाई ? बिशेषतः सन्नीलाई इन्टरनेटमा बढी खोजिनुको कारण उनको पहिलाको पेशा हुनसक्ने अनुमान गर्न सकिन्छ । पोर्न दुनियाबाट बलिउडमा आउँदा उनलाई धेरैले नराम्रो पनि भनेका थिए । अहिले उनी पोर्नको दुनियाबाट टाढा रहेपछि उनका पोर्न भिडियोहरु इन्टरनेटमा प्रसस्त छन् त्यसका कारण पनि उनको खोजि बढेको हुनसक्छ ।