मलेसियामा गायिका सरु थापा सम्मानित

...

<pre><b>मंसिर, काठमाडौं । </b></pre><p>मलेसियामा चारबर्ष देखी जुनकिरी रोधी क्लब सञ्चालन गर्दै आएकी लोक तथा दोहोरी गायिका सरु थापा सम्मानित भएकी छिन् ।&nbsp; मलेसियाको क्वालालम्पुरमा रहेको गाउँबेशी दोहोरी साँझले उनलाई यहि २ डिसेम्बरमा&nbsp;सम्मान गरेको हो ।&nbsp;</p><p>उक्त गाउँबेशी दोहोरी साँझमा ३२ देशका गायक तथा गायिकाहरुको गायन प्रस्तुती बिषयक कार्यक्रम थियो । त्यसै अनुरुप नेपालको प्रतिनिधित्व गर्दै गायिका सरुले गीत गाएकी थिइन् । प्रवासमा रहेर पनि नेपाली गीतसंगीतलाई उत्तिकै माया गर्ने गायिका सरु गायिका सँगै सफल ब्यवशायीको रुपमा पनि चिनिएकी छिन् ।</p><div><br></div>