रामजी–भुमिकाको नयाँ गीत

मंसिर, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक रामजी खाँण र चर्चित गायिका भूमिका गिरीले नयाँ गीत लिएर आएका छन् । ‘सरर आउँ माया’ बोलको लोक दोहोरी गीतमा सिपी मगरको शब्द तथा गायक खाँणकै लय रहेको छ । साथै उक्त गीतको भिडियो पनि गुणस्तरीय बनेको पाइन्छ । दोहोरी क्षेत्रमा पनि पछिल्लो समय भिडियो मेकिङमा एकपछि अर्को गर्दै खर्चिलो र गुणस्तरिय बन्न लागेका बेला यस गीतको भिडियो पनि गुणस्तरिय सँगै आकर्षक बनेको छ ।

भिडियोमा दुर्गेश थापा, रश्मी तामाङ र बिपेश घिमिरेको अभिनय देख्न सकिन्छ । क्रन्ती केसीको निर्देशन रहेको भिडियो छायाँकन अजय रेग्मीले गरेका हुन् ।

Video: