हेमन्तले गराए दुर्गेश–प्रियंकाको बिहे !

मंसिर, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रकी चर्चित नायिका प्रियंका कार्कीको बिहेको बिषयमा चर्चा चलिरहन्छ । नायक आशिरमान देशराज जोशीसँग प्रेमसम्बन्धमा रहेकी प्रियंकाको बिहेको तस्बिर सार्वजनिक भएको छ । तर उनको आशिरमानसँगको बिहेको तस्बिर नभएर मोडल दुर्गेश थापासँगको विवाहका तसिबर यतिबेला सामाजिक सञ्जालमा भाइरल हुँदैछन् ।

म्युजीक भिडियोका चर्चित मोडल दुर्गेश र प्रियंका विवाह पोशाकमा भएको एक तस्बिर कतिपय दर्शकका लागी रियल त होइन भन्ने प्रश्न खडाभएको छ । तर यो वास्तिविक नभई एक म्युजीक भिडियोकै लागी खिचिएको दृश्य हो जसमा दुर्गेश र प्रियंका विवाह सेटमा छन् । गायक हेमन्त शर्माको नयाँ गीतमा उनीहरु श्रीमान श्रीमती बनेका हुन् । ‘बिहे’ बोलको गीतमा स्वर, शब्द तथा संगीत गायक हेमन्त शर्माको नै रहेको छ ।

गीतको भिडियोमा दुर्गेश र प्रियंकाको छुट्टै किसीमको अभिनय देख्न सकिन्छ  । गीतमा बिहे बाहेक डान्स र २ जर्मन नागरिक, केशव ज्ञवालीको पनि अभिनय देख्न सकिन्छ । गीतलाई धिरज जंग शाहको छायांकन, शिब विकको कोरियाग्राफ र प्रकाश तुलाधरको सम्पादनमा यो गीतको भिडियो तयार हुनेभएको छ । नायिका प्रियंका सिनेमा ब्यस्त भए पनि गीतको भिडियोमा पनि अभिनय गर्न भ्याईरहेका छन् भने मोडल दुर्गेश नयाँ नयाँ गीतको भिडियो खेल्न ब्यस्त भईरहेको छ ।